परम्परागत नृत्य सामग्री
| प्रकार | परम्परागत नृत्य सामग्री |
|---|---|
| प्रकाशक | परम्परागत संस्कृति संरक्षण केन्द्र |
| प्रकाशकको ठेगाना | कालिका-०५, मानेस्वारा, रसुवा |
| विश्लेषक | प्रेमप्रसाद पौडेल |
| सर्वाधिकार | प्रकाशकमा |
| आवरण | OurRasuwa.Com |
| लेआउट | OurRasuwa.Com |
| मुद्रण | मुद्रण |
| संस्करण | पहिलो, २०८३ |
| प्रकाशित संख्या | ५०५ |
| सहयोग मूल्य (रु.) | रू. ३००/- |
हाल छत्रनाँच, भजननाँच र बालुननाँचका जानकार तथा गुरुहरूको संख्या घट्दै गएको र उमेर बढ्दै गएको अवस्थामा यस सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान र प्रकाशन अत्यन्त जरुरी छ। यसले नाँचका मूलपाठ, बाजा र विधिहरू संरक्षण गरी भावी पुस्ताका लागि विश्वसनीय सन्दर्भ सामग्री उपलब्ध गराउँछ । साथै, नयाँ पुस्तालाई सिक्न र अभ्यास गर्न प्रेरित गरी यो परम्परा जीवन्त राख्छ। यसले छत्रनाँचलाई रसुवा, नुवाकोटको सांस्कृतिक पहिचानका रूपमा स्थापित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, स्थानीय सहभागिताबाट स्वामित्वको भावना विकास गर्न, तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन र स्थानीय कलाकार-समुदायलाई आर्थिक फाइदा पुर्याउन सहयोग पुग्छ। अतः यो प्रकाशन केवल पुस्तक नभई सम्पदाको संरक्षण, संवर्द्धन र हस्तान्तरणको प्रभावकारी माध्यम हो ।
हाल छत्रनाँच, भजननाँच र बालुननाँचका जानकार तथा गुरुहरूको संख्या घट्दै गएको र उमेर बढ्दै गएको अवस्थामा यस सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान र प्रकाशन अत्यन्त जरुरी छ। यसले नाँचका मूलपाठ, बाजा र विधिहरू संरक्षण गरी भावी पुस्ताका लागि विश्वसनीय सन्दर्भ सामग्री उपलब्ध गराउँछ ।
सामग्री

संस्थागत रूपमा भरखरै प्रवेश गरेपनि संस्थाका सदस्यहरू स्थापनाकाल अघिदेखि नै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएको छन् । त्यसै क्रममा हामीले हात पारेका सांस्कृतिक सम्पदाहरूमध्ये छत्रनाँच, भजननाँच र बालुननाँचको अवस्थाले हामीलाई विशेष चिन्तित बनायो । हामी सबैलाई थाहै छ, नेपाल जाति, भाषा र संस्कृतिको विविधताले भरिपूर्ण देश हो । देशका कुना–कुनामा अनेकौं परम्परागत नाँच, गीत, भजन र संस्कृतिहरू छन्, जसले हाम्रो समृद्ध राष्ट्रिय पहिचानलाई अझ उजागर गर्दछन् । तर, दुःखको कुरा के हो भने आधुनिकीकरण, युवा पुस्ताको पलायन र सिकाइको अभावले गर्दा यस्ता बहुमूल्य परम्पराहरू क्रमशः हराउँदै गइरहेका छन् । यी मध्ये एक हो– छत्रनाँच ।
छत्रनाँचलाई 'छत्रीय भाइ'हरूले विशेष अवसरहरूमा ऐतिहासिक एवं धार्मिक पर्व (दशैंको टीका, तिहारको लक्ष्मीपूजा तथा माघे संक्रान्ति) का बेला छत्र (मातामालिका) र विशेष पोशाकसहित विविध वाद्यवादन (खैंजडी, मञ्जिरा, झुर्मा र कर्ताल) को साथमा प्रस्तुत गरिन्छ । यो नाँचको आफ्नै विशिष्ट शैली, भजनको प्रकार, बालुन, बोली, लय र नियमहरू छन्, जुन पुस्तौंदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएका हुन् । तर, हाल यस नाँचका जानकार तथा कलाकारहरूको संख्या निकै सीमित हुँदै गएको छ र उनीहरूको उमेर पनि बढ्दै गएकोले यो ज्ञान उनीहरूसँगै हराउने खतरा गहिरिँदै गएको छ ।
यही चिन्ता र सांस्कृतिक उत्तरदायित्वलाई मध्यनजर गर्दै हामीले यस पुस्तकको प्रकाशनको जिम्मा लिएका हौं । यस पुस्तकमा छत्रनाँचको उत्पत्ति, ऐतिहासिक पृष्ठभूमि, यसका विभिन्न स्वरूप र प्रकार, यसको सामाजिक, धार्मिक र सांस्कृतिक महत्त्व, यसका सम्पूर्ण भजन र बालुनको मूलपाठ, तिनको अर्थ, नाँचका चरणबद्ध विधि र प्रयोग हुने बाजाहरूको विस्तृत विवरण समावेश गरिएको छ ।
यस पुस्तकको निर्माणका लागि हामीले विभिन्न जिल्ला, विशेष गरी रसुवा, नुवाकोट र अन्य सो संस्कृतिको मूल थलो मानिने क्षेत्रका जानकार पुरुष, गुरु, तथा 'छत्रीय भाइ'हरूसँग विस्तृत अन्तर्वार्ता र छलफल गर्नुका साथै, उनीहरूका पुराना रेकर्ड, हस्तलिखित र मौखिक ज्ञानलाई व्यवस्थित रूपमा संकलन, सम्पादन र केलाएका छौं । हामीले यस कार्यमा विज्ञहरूको सल्लाह र स्थानीय समुदायको समेत सक्रिय सहभागितालाई उच्च महत्त्व दिएका छौं । यस पुस्तकको उद्देश्य केवल छत्रनाँचको अभिलेखीकरण मात्र होइन, यसलाई सिक्ने, सिकाउने र अभ्यास गर्ने एउटा सशक्त माध्यमको रूपमा विकसित गर्नु पनि हो, ताकि यो संस्कृति केवल इतिहासको पानामा मात्र सीमित नरहोस्, बरु भावी पुस्ताको जीवन्त अभ्यासमा रूपान्तरित होस् ।
हामीलाई विश्वास छ, यो पुस्तकले अनुसन्धानकर्ता, विद्यार्थी, कलाकार, संस्कृतिकर्मी र यस परम्पराप्रति रुचि राख्ने सबै पाठकवर्गलाई एकैसाथ प्रामाणिक जानकारी, अध्ययनको आधार र अभ्यासको सामग्री प्रदान गर्नेछ । यसले छत्रनाँचको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान र प्रतिष्ठा स्थापित गर्न सहयोग पुग्नुका साथै सो संस्कृतिको मूल थलोका रूपमा चिनिने क्षेत्रहरूको सांस्कृतिक पर्यटन प्रवर्द्धन र त्यहाँका स्थानीय कलाकारहरूको आर्थिक एवं सामाजिक उत्थानमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो धारणा छ ।
हामी आशावादी छौं कि यस पुस्तकले हराउँदै गइरहेको यस बहुमूल्य सांस्कृतिक सम्पदाको संरक्षणमा एउटा कोशेढुङ्गाको काम गर्नेछ र भावी पुस्ता यसबाट प्रेरित भई आफ्नो मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लाग्नेछन् । यस पुस्तकको प्रकाशनको सम्पूर्ण यात्रामा सहयोग पुर्याउने सम्पूर्ण जानकार पुरुष, गुरु, 'छत्रीय भाइ', स्थानीय समुदाय, अन्तर्वार्ताकार, संकलनकर्ता, सम्पादक र हाम्रा सम्पूर्ण पाठकहरूप्रति हृदयदेखि आभारी छौं । अन्त्यमा, पाठकवर्गबाट यस पुस्तकले जति नै प्रशंसा, आलोचना र सुझावहरू पाउँछ, त्यति नै हामीलाई यस विषयवस्तुमाथि अझ गहिरो र परिष्कृत कार्य गर्ने प्रेरणा र उर्जा मिल्नेछ भन्ने विश्वासका साथ यो पुस्तक तपाईंहरूसमक्ष प्रस्तुत गर्दछौं ।
धन्यवाद ।
२०८३ साउन