
रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ टेकाङ्चे र सिम्बु क्षेत्रको ठीक माथि टेताङ्चेमा रहेको गुब्रा कुण्डको नाम कमै मानिसले मात्र सुनेका छन् ।
विभिन्न बिशेषता रहेको यस कुण्डमा हरेक वर्ष जनै पूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।
प्रायः स्थानीय समुदायको मात्र आवागमन हुने यस कुण्डका विभिन्न विशेषताहरू रहेका छन् ।
🟢 नेपालको उत्तराखण्डमा रहेको १०८ कुण्ड मध्ये यो गुब्राकुण्ड पनि एक हो ।
🟢 यो कुण्डमा स्नान र पुजा आराधना गर्दा धार्मिक लाभ प्राप्त भइ आफुले सोचेका सबै खालका मनोञ्कांक्षा पुरा हुने जनविश्वास रही आएको छ ।
🟢 बोल्न नसकेका बालकलाई यस कुण्डमा स्नान गराउदा बोली फुट्ने, कान नसुन्नेका लागि स्मरण शक्ति बढ्ने, गानुगोला हराउने, छाला सम्वन्धि समस्या हराउने जनविश्वास समेत् रहेको छ ।
🟢 यस क्षेत्रमा अवलोकनका लागि तामाङ संस्कृतिको भेषभूषा नाँचगान, हिमाली कुनाको गाउँ बस्ती
🟢 १४ दशमलव आठ मेगावाट क्षमताको अपर साङ्जेन जलविद्युत् केन्द्र , रामरामको भीर , तिलुचे बगर, मिश्रित वनस्पति, दर्जनौं प्रजातिका जनावर आदि यस क्षेत्रका आकर्षणहरू हुन् ।
🟢 काठमाडौंबाट त्रिशूली, धुञ्चे, स्याफ्रुबेँसी, गोल्जुङ, थाम्वुचेत, चिलिमे गाउँ हुँदै यहाँ पुग्न सकिन्छ ।
🟢 कुण्डको नजिकैसम्म सडक मार्ग रहेको छ । अशक्तहरू पनि जान सक्ने ।
🟢 यस स्थानमा बाह्रै महिना घुम्नका लागि उपयुक्त हुने ।