यही हो हाम्रो रसुवा

★★★★★

रसुवा जिल्ला: एक परिचय

प्रकृति, संस्कृति र इतिहासको संगम

रसुवा नेपालका ७७ जिल्लामध्ये एक हिमाली जिल्ला हो, जसको नाम स्थानीय भाषामा ‘रा‘ (भेडाच्याङ्ग्रा) र ‘सोवा‘ (चराउने वा राख्ने ठाउँ) बाट अपभ्रम्शित भएर आएको हो। यो जिल्ला उत्तरमा चीनको तिब्बत, पूर्व–पश्चिममा नुवाकोट, सिन्धुपाल्चोक र धादिङ, र दक्षिणमा नुवाकोटको फलाँखु खोला चारकिल्लाले घेरिएको छ।

यो हिमाली जिल्लामा विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय र जैविक स्थलहरू प्रशस्तै छन्। लाङटाङ राष्ट्रिय निकुञ्ज, विश्व प्रसिद्ध गोसाइँकुण्ड ताल, लोपोन्मुख वनस्पति, वन्यजन्तु, र जलविद्युत आयोजनाहरू यस जिल्लाको प्रमुख आकर्षण हुन्।

Rasuwa Map Nepal

रसुवा जिल्लाको नक्सा

📍 भौगोलिक अवस्थिति

  • पूर्व: नुवाकोट र सिन्धुपाल्चोक
  • पश्चिम: नुवाकोट र धादिङ
  • उत्तर: चीनको स्वशासित क्षेत्र तिब्बत (केरूङ नाका)
  • दक्षिण: नुवाकोट (फलाँखु खोला)
  • प्रदेश: वागमती प्रदेश

🏛️ प्रशासनिक विभाजन

  • निर्वाचन क्षेत्र: १
  • प्रदेश सभा: २
  • गाउँपालिका: ५
  • वडा: २७

मुख्य गाउँपालिका विवरण

गाउँपालिका वडा संख्या प्रदेश सभा अन्तर्गत
नौकुण्ड ६ ‘क’
गोसाइँकुण्ड ६ ‘क’
कालिका ५ १–३: ‘ख’, ४–५: ‘क’
उत्तरगया ५ ‘ख’
आमाछोदिङ्‌मो ५ ‘ख’

प्रमुख आकर्षणहरू

  • लाङटाङ हिमाल – नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्य
  • गोसाइँकुण्ड – विश्व रामसार सूचिमा सूचिकृत धार्मिक स्थल
  • तालतलैया र झरना – प्रकृतिको अनुपम सौन्दर्य
  • वनस्पति र वन्यजन्तु – जैविक दृष्टिले धनी
  • जलविद्युत आयोजना – निर्मित र निर्माणाधिन

मौसम र भौगोलिक वर्गीकरण

  • हिमाली क्षेत्र: सधैं हिउँ जमिरहने पर्वत श्रृङ्खला (लाङटाङ, गणेश हिमाल)
  • लेकाली क्षेत्र: २५०० मिटर भन्दा माथि (लाङटाङ, गोसाइँकुण्ड)
  • पहाडी/बेंशी: मानव वस्ती र कृषियोग्य जमिन
  • मौसम: उच्च हिमालीमा चिसो, बेत्रावतीमा हल्का उष्ण

रसुवा – विविधताले भरिपूर्ण: यस हिमाली जिल्लामा ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय, र जैविक विविधता प्रशस्तै छ। सुनसान हिमालदेखि हरियाली लेकाली भूभागसम्म रसुवा प्रकृतिप्रेमी र साहसिक यात्रुहरूको लागि स्वर्ग हो।

रसुवा जिल्लाका महत्वपूर्ण स्थलहरूको थप जानकारी लिन तल क्लिक गर्नुहोस्:


थप हेर्नुहोस् →

प्रतिक्रिया दिनुहोस्