
किंबदन्ती अनुसार सुरूमा यी भूमे निकै होचो रहेको थियो, दुध चढाउँदा तलबाटै सजिलै टाउकोमा पार्न सकिने थियो पहिला । अहिले भूमे महाराज बढ्दै गएका हुन् भन्ने विश्वास गरिँदै आएको हो । बढ्दै गएपछि अहिले टाउकोसम्म दुध चढाउनका लागि एक खण्ड तयार गरी त।यही माथि चढेर पुजारीले दुध चढाउने गर्छन् । धार्मिक मान्यता र विश्वास अनुसार यहाँका मूल पुजारीले दुध चढाईसकेपछि अरूले पूजाआजा गर्न पाईदैन, त्यसैले मूल पुजारीले पूजाआजा गर्नुअघि नै अन्यले पूजाआजा गर्ने गर्दछन् ।
यहाँ पाठपूजा र उपासनाका लागि रसुवा र नुवाकोटका वस्तीहरूबाट भक्तजनहरू आउने गर्दछन् ।रसुवाका नुवाकोटका स्थानीयहरूले धुपधुँवार गर्दा ‘धुसेनीका भूमे महाराज’ भन्ने गरेका छन् ।
पासाङल्हामु राजमार्गको धारापानी खण्डबाट पूर्वपट्टि रहेको भदौरे गाउँमा पुच्छारमा अवस्थित छ धुसेनी गाउँ । धुसेनीको पुच्छारमा रसुवा – नुवाकोट सिमाना छ जहाँ पुण्य दिने उनै रूद्रगंगा वा फँलाखु नदी अविरल बगिरहेकी छिन् ।
यस क्षेत्रका मुख्य आकर्षणहरू
🟢 स्थानीय संस्कृति, झाँकी, भेषभूषा, रीतिरिवाज, रहनसहनको अवलोकन
🟢 ग्रामीण र कृषि पर्यटन अवलोकन
🟢 चरचुरूङ्गी र जंगली जनावरको अवलोकन
🟢 काठमाडौँ → गल्छी → त्रिशूली → बेत्रावती → बनुँवा →गोटाराङ → धुसेनी
🟢 काठमाडौँ → गल्छी → त्रिशूली → बेत्रावती → बनुँवा →धारापानी → धुसेनी
🟢 काठमाडौँ → गल्छी → त्रिशूली → बेत्रावती → बनुँवा →धारापानी → कालिकास्थान → जिबजिबे → धुसेनी
यस क्षेत्र घुम्ने उपयुक्त समय
🟢वर्षैभरि
सन्दर्भ लिङ्क