पौवाघरको इतिहाँस मेटिँदै

📅 Published: Feb 20, 2026 🔄 Last Updated: Feb 25, 2026
🏷 ऐतिहाँसिक स्थल, पर्यटकीय स्थल 📍 उत्तरगया गाउँपालिका-५

⭐ मुख्य आकर्षण (Highlights)

🟢 माझगाउँको लहरै डाँडामा तीनवटा पौवाघर निर्माण गरिएका थिए। तीर्थयात्रीको सेवा–सत्कारसँगै यहाँको बस्तीको नाम “लहरै पौवा” रहन गयो, जुन अपभ्रंश हुँदै “लहरेपौवा” बनेको जनविश्वास छ। 🟢 तर विडम्बना, यति महत्वपूर्ण ऐतिहासिक धरोहरप्रति राज्यका सम्बन…

📘 पूर्ण विवरण

रसुवा जिल्ला, उत्तरगया गाउँपालिका–५, माझगाउँमा अवस्थित ऐतिहासिक पौवाघर अहिले संरक्षण र चासोको अभावमा अस्तित्व मेटिँदै गएको छ । २०७२ सालको विनाशकारी भूकम्पपछि यसको अवस्था झन् दयनीय बनेको छ र अहिले नाम–निसाना नै मेटिएको छ।

ऐतिहासिक तथ्यअनुसार यो पौवाघर पृथ्वीनारायण शाह ले नेपाल एकीकरण अभियान सञ्चालन गर्ने समयतिर निर्माण गरिएको मानिन्छ। युद्ध विजयको कामनासहित उनले धैबुङका सिद्ध योगी अगस्तीबाट खड्गसिद्धि प्राप्त गरेका थिए । त्यसबापत बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए ।

उक्त सिद्ध योगीले आफ्नी धर्मचेली गौरादेवीलाई ‘कुश बिर्ता’ प्रदान गरेका थिए। गौरादेवीले बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा सञ्चालन गर्ने र माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने–जाने तीर्थयात्रीलाई सातु–सामलको व्यवस्था गर्ने शर्तमा गुठी प्राप्त गरेकी थिइन्।

⭐ आकर्षणहरू

🟢 ऐतिहासिक तथा धार्मिक स्थल
🟢 वरपर रहेका मठ–मन्दिर (राम, सीता, हनुमान आदि)
🟢 पवित्र नदीहरू: बेत्रगंगा, रुद्रगंगा र त्रिशूली गंगा
🟢 तीर्थ, श्राद्ध तथा तर्पणका लागि महत्वपूर्ण क्षेत्र
🟢 सांस्कृतिक विविधताले भरिपूर्ण क्षेत्र

🥾 कसरी पुग्ने?

यो स्थान पासाङल्हामु राजमार्ग को माझगाउँ सडकखण्डबाट केही तल, भीमसेन आवासीय प्राविको ठीक माथि अवस्थित छ ।

पासाङल्हामु राजमार्गबाट करिब २ मिनेटको पैदल यात्रामै पौवाघरको भग्नावशेषमा पुग्न सकिन्छ।

🟢 काठमाडौँ → गल्छी → त्रिशूली → बेत्रावती →  माझगाउँ

🟢 काठमाडौँ → टोखा-छहरे → त्रिशूली → बेत्रावती →  माझगाउँ

🟢 काठमाडौँ → ककनी → त्रिशूली → बेत्रावती →  माझगाउँ

🟢 स्याफ्रु → धुन्चे → कालिकास्थान → माझगाउँ

ℹ️ थप जानकारी

  • सुवास आचार्य (आगमन), गोसाइँकुण्ड : प्रकृति र इतिहाँस
  • Rasuwanepal.Com.Np

Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/ourrasuw/public_html/wp-includes/functions.php on line 6131

Comments are closed.