धार्मिक आस्थाको धरोहर : गोसाइँकुण्ड

📅 Published: Jan 26, 2026 🔄 Last Updated: Feb 25, 2026
🏷 धार्मिक स्थल, पर्यटकीय स्थल, मठ मन्दिर 📍 गोसाइँकुण्ड गाउँपालिका-५

⭐ मुख्य आकर्षण (Highlights)

यो कुण्डको उत्पत्तिको कथा हिन्दु र बौद्द धर्ममा भिन्नाभिन्नै रहेको छ । दुवै धर्मअनुसार शिवजीले नै सिर्जना गरेका हुन् भनिएको छ ।

📘 पूर्ण विवरण

गोसाइँकुण्डको विस्तृत परिचय

वैदिक युगदेखि ऐतिहाँसिक पोखरी वा ताल हो गोसाइँकुण्ड । धार्मिक आस्थाको धरोहर र पर्यटकीय गन्तव्य पनि हो यो कुण्ड तथा वरपरका क्षेत्रहरू । सांस्कृतिक र प्राकृतिक छटाले परिपूर्ण छ यो क्षेत्र । पवित्र त्रिशूली नदीको उद्गमस्थल पनि हो यो कुण्ड ।

 

गोगाई र स्वामीमालिक अर्थात् संस्कृतको गोस्वामीशब्द जनजिब्रोले बोल्दै जाँदा अपभ्रम्श भई गोसाइँकुण्डभएको हो । गोस्वामी अर्थ धेरै गाई हुने व्यक्ति भन्ने बुझिन्छ । त्यस्तै गोशब्दले इन्द्रियभन्ने पनि बुझाउँदछ, स्वामी भन्नाले जितेन्द्रिय भन्ने बुझिन्छ । देवता वा ठूला ऋषिहरू इन्द्रियजयीहरूमा पर्दछन् भने सबैभन्दा श्रेष्ठ जितेन्द्रिय भगवान शिव हुन् ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ (साविक स्याफ्रु गाविस-५) मा समुद्री सतहबाट ४३८० मीटर (१४६०० फिट) उचाईमा रहेको तो ताल १३.८० हेक्टर क्षेत्रफलमा फैलिएको छ । करीव २६ मीटर गहिराई भएको यो कुण्डको लम्बाई ६२५.५५ मीटर चौडाई ३०२ मीटर रहेको छ । यस कुण्डमा प्रतिसेकेण्ड ३५ लिटर पानी भित्रिन्छ भने प्रतिसेकेण्ड ६० लिटर पानी बाहिरिन्छ ।

संक्षिप्त जानकारी

  • कुण्डको नाम : गोसाइँकुण्ड (Gosainkunda)
  • तामाङ भाषामा : ग्यो, छोकर, ह्‍वे
  • शेर्पा भाषामा : घ्यो
  • तिब्बतीयन भाषामा : छो
  • नेवारी भाषामा : शिलु
  • अवस्थिति : वागमती प्रदेश, रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ (साविक स्याफ्रु-५)
  • अक्षांश : २८° ५’ ००” पूर्व
  • देशान्तर : ८५° २४’ ९६” उत्तर
  • उचाई : ४३८० मीटर (१४६०० फिट)
  • क्षेत्रफल : १३.८० हेक्टर (०.१३८ वर्ग किमी)
  • लम्बाई : ६२५.५५ मीटर
  • चौडाई : ३०२ मीटर
  • गहिराई : २६ मीटर
  • पानीको आयतन : १४.७२० लाख घनमीटर
  • प्रतिसेकेण्ड कुण्डमा आउने पानी : ३५ लिटर
  • प्रतिसेकेण्ड कुण्डबाट बाहिर जाने पानी : ६० लिटर

‘गो’ गाई र ‘स्वामी’ मालिक अर्थात् संस्कृतको ‘गोस्वामी’ शब्द जनजिब्रोले बोल्दै जाँदा अपभ्रम्श भई ‘गोसाइँकुण्ड’ भएको हो । गोस्वामी अर्थ धेरै गाई हुने व्यक्ति भन्ने बुझिन्छ । त्यस्तै ‘गो’ शब्दले ‘इन्द्रिय’ भन्ने पनि बुझाउँदछ, स्वामी भन्नाले जितेन्द्रिय भन्ने बुझिन्छ । देवता वा ठूला ऋषिहरू इन्द्रियजयीहरूमा पर्दछन् भने सबैभन्दा श्रेष्ठ जितेन्द्रिय भगवान शिव हुन् ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ (साविक स्याफ्रु गाविस-५) मा समुद्री सतहबाट ४३८० मीटर (१४६०० फिट) उचाईमा रहेको तो ताल १३.८० हेक्टर क्षेत्रफलमा फैलिएको छ । करीव २६ मीटर गहिराई भएको यो कुण्डको लम्बाई ६२५.५५ मीटर चौडाई ३०२ मीटर रहेको छ । यस कुण्डमा प्रतिसेकेण्ड ३५ लिटर पानी भित्रिन्छ भने प्रतिसेकेण्ड ६० लिटर पानी बाहिरिन्छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र प्राकृतिक छटाले परिपूर्ण भएर जमिरहेको वरपरका अन्य कुण्डहरूसहित यस कुण्ड संरक्षण तथा संवर्दनको अभिप्रायले असोज ५, २०६४ (23rd September 2007) मा (१०३० हेक्टर क्षेत्र) रामसार सूचिमा सूचिकृत गरिएको छ । यस क्षेत्रमा लोपोन्मुखसहित विभिन्न प्रजातिका वनस्पतिहरू, जडिबुटी र वन्यजन्तुहरू रहेका छन् । धार्मिक आस्थासहित वानस्पतिक वा जैविक विविधताभित्र रहेर यस कुण्डले वर्षेनी हज्जारौं आन्तरिक तथा वाह्‍य पर्यटकहरूलाई भित्र्याईरहेको छ ।

वर्षैभरि यस स्थानमा तीर्थालु वा पर्यटकहरू आउने भएपनि विशेष गरी गंगादशहरा र जनैपूर्णिमाका समयमा विशेष मेला लाग्ने गर्दछ ।

धारा तीन त्रिशूलको जब बन्यो ठन्डा त्यही निर्मल ।
पानी जम्न गई बडो दह बन्यो नीलाद्रिमा सुन्दर ।।

यो कुण्डको उत्पत्तिको कथा हिन्दु र बौद्द धर्ममा भिन्नाभिन्नै रहेको छ । दुवै धर्मअनुसार शिवजीले नै सिर्जना गरेका हुन् भनिएको छ । हिन्दु धर्मग्रन्थ अनुसार सत्ययुगमा भगवान शिवजीले यस कुण्ड सिर्जना गरेका हुन् । देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको ‘हलाहल’ नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो । घाँटीमा अड्केको विषको डाहाले शिवजीको घाँटी (कण्ठ) नीलो भएको कारण उनलाई ‘नीलकण्ठ’ भनिएको हो । घाँटीमा अड्केको ‘हलाहल’ नामक कालकूट विषका कारण डाहा भई सो डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई यहाँ आईपुगे । यहाँ आएर त्रिशूलले खोपेर पानी उत्पत्ति गर्नुभयो र प्यास मेट् । त्रिशूल खोपेर निकालिएको हुनाले त्यसलाई त्रिशूलधारा भनिएको हो । सोही पानी जमी गोसाइँकुण्ड उत्पत्ति भएको र त्यही शिवजी बिराजमान भई डाहा शान्त गरे भनिएको छ ।

पहरामा एकपटक हान्दा ह्‍युम पार्वतीको स्तनमा लागेर दुध निस्केछ । दोस्रोपटक हान्दा गंगालाई लागेर पानी निस्केछ । दुध र पानी मिसिएको हुनाले सेतो रंगको कुण्ड उत्पत्ति भयो । पहिले गोसाइँकुण्ड सेतो थियो भनिएको छ । त्यसैले तामाङहरूले यस कुण्डलाई ‘छोकर’ (सेतो कुण्ड) भन्ने गर्दछन् । किंवदन्ती अनुसार महादेउको मन सेतो हुनाले सेतो कुण्ड अर्थात् गोसाइँकुण्ड बन्यो र दाजुको मन कालो भएको हुनाले कालोकुण्ड अर्थात् भैरवकुण्ड बन्यो ।

त्यस्तै बौद्द धर्म अनुसारको कथन भिन्न रहेको छ । रसुवाली फूर्पा तामाङले ‘जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म-संस्कृति’ नामक पुस्तकका उल्लेख गरेका कथन यसप्रकार रहेको छ । महादेव (महादेउ) का दुई दाजुभाई थिए । महादेउका दाजु ‘छोना’ थिए । उनीहरू बस्नका लागि स्वच्छ ठाउँ खोज्दै हिँडेछन् । सबैभन्दा पहिला काठमाण्डौं आईपुगे । त्यहाँबाट साँढे रूप धारण गरेर नमिबुद्द (तामालोजेन) बाट पाँचपोखरी हुँदै कालो गंगा पुगेछन् । ती स्थानहरूमा उनीहरूलाई बस्न मन लागेन र घुम्दै बेत्रावती आईपुगे । बेत्रावतीबाट भार्खु गाउमा आईपुगे । भार्खुमा कुण्ड बनाएर बस्दा गाईवस्तु र मानिसको आवतजावत हुने हुँदा फोहोरसमेत् हुने भएकोले त्यहाँबाट अलि माथि लेकमा ‘सपिङ ग्यो’ मा कुण्ड बनाएर बसे । त्यहाँ पनि उपयुक्त वातावरण नभएपछि अझै स्वच्छ ठाउँको खोजी गर्दै नाम्सुङ भन्ने ठाउँमा कुण्ड बनाएर बसे । त्यहाँ पनि वातावरण नभएपछि अर्को सफा ठाउँ खोजेर तिमीलाई लिन आउँछु भनेर दाजुले भाईलाई भनेछन् तर धेरै समय बित्दा पनि दाजु नफर्केपछि महादेउ खोजीमा निस्के ।

चोलाङ माथिको गुराबमा पुगेर ध्यान गरी हेर्दा पनि दाजु कहाँ छन् भनेर पत्ता लगाउन सकेनन् र पनि अन्तस्करणले पूर्वपट्टि लाग्न सुझाब दियो । लौरीबिनाको नौक्याग्याङमा पुगेर हेर्दा दक्षिणतर्फ दाजु कुण्ड बनाई असल ठाउँमा बसेको देखेछन् र राम्रो ठाउँ पाएपछि भाईलाई बिर्सेको उनले चाल पाए र मनमनै भने मैले दाजुको चिन्ता गरें, राम्रो ठाउँ पाएपछि भाईलाई पनि बिर्सँदा रहेछन् । मेरो मनमा पाप भए मैले दाजुको भन्दा नराम्रो ठाउँ पाउँ र दाजुको कुण्डमा नुहाएको पानी मेरो कुण्डमा आओस् । यदि दाजुको मनमा पाप भए दाजुको भन्दा मैले राम्रो ठाउँ पाउँ र मेरो कुण्डमा नुहाएको पानी दाजुको कुण्डमा जाओस् ।

मनमनै यति भनेर त्रिशूलले पहरामा एकपटक हान्दा ह्‍युम पार्वतीको स्तनमा लागेर दुध निस्केछ । दोस्रोपटक हान्दा गंगालाई लागेर पानी निस्केछ । दुध र पानी मिसिएको हुनाले सेतो रंगको कुण्ड उत्पत्ति भयो । पहिले गोसाइँकुण्ड सेतो थियो भनिएको छ । त्यसैले तामाङहरूले यस कुण्डलाई ‘छोकर’ (सेतो कुण्ड) भन्ने गर्दछन् । किंवदन्ती अनुसार महादेउको मन सेतो हुनाले सेतो कुण्ड अर्थात् गोसाइँकुण्ड बन्यो र दाजुको मन कालो भएको हुनाले कालोकुण्ड अर्थात् भैरवकुण्ड बन्यो ।

जैविक विविधतामा सम्पन्न गोसाइँकुण्ड क्षेत्र रैथानीय, दुर्लभ र सङ्कटापन वनस्पति एवं चराचुरुङ्गी र वन्यजन्तुको आश्रमको रूपमा परिचित छ । हिमचितुवा, रातो हाब्रे -रेडपाण्डा), कस्तुरी मृग, हिमाली थारलगायतका लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल बनेको यस क्षेत्रमा निकुञ्जले संरक्षण प्रदान गरेका ल्यारिक सल्लो, १० भन्दा बढी प्रजातिका लाली गुँरास र सुनाखरीका जातहरू रहेका पाइन्छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको स्थापनादेखि नै लोपोन्मुख वन्यजन्तुका वासस्थान जोगाइ राख्ने र ती वनमा आश्रयस्थल बनाएका प्राणीहरूको संरक्षण, त्यहाँ उपस्थित विविध प्राकृतिक, जैविक सम्पदाको संरक्षण, धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, स्थानीय जनताको जीवनस्तर उकास्ने क्रममा स्थानीय तहमा अपनाइएको भू उपयोग पद्धतिबाट परिस्थितिकीय प्रणालीमा पर्ने असर घटाउने तथा निकुञ्ज र आसपासमा रहेको प्राकृतिक स्रोतको मानवीय दोहन घटाएर निकुञ्जको प्राकृतिकपन र सुन्दरता जोगाउने भन्ने लक्ष्यमा आधारित रहेर निकुञ्जले कार्य गर्दै आइरहेको छ ।

अमरसिंह थापा नेपाली इतिहाँसका एक उदाहरणीय पात्रको देहवसान र ‘अमरसिंह गुफा’ गोसाइँकुण्डमा रहनुले महत्वमा विविधता थपिएको छ । गोसाइँकुण्ड क्षेत्र वरपरका तामाङ समुदायको भेषभूषा तथा संस्कृति पनि यस क्षेत्रका आकर्षणहरू हुन् । तामाङ संस्कृति अनुसारका विभिन्न नाँचहरूले सांस्कृतिक महत्व पाएको छ । यिनै धार्मिक, ऐतिहाँसिक र सांस्कृतिक महत्वभित्र नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको महत्व दिनानुदिन बढ्दै गइरहेको छ ।

पर्यटकीय महत्वले गोसाइँकुण्ड मात्र नभई हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गका क्षेत्रहरूलाई समेट्छ । यी अरु क्षेत्रमा पनि ऐतिहाँसिक, धार्मिक र सांस्कृतिक महत्व पनि त्यत्तिकै छन् । पौराणिक कथनको विश्वासको आधारमा एकसय आठ कुण्ड मध्येका विभिन्न कुण्डहरू यत्रतत्र छरिएर रहेका छन् ।

⭐ आकर्षणहरू

गोसाइँकुण्ड क्षेत्र तथा वरपरका आकर्षणहरू

  •  धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण
  •  विश्व सम्पदा सूचि (रामसार) मा सूचिकृत
  • वीर अमरसिंह थापाको गुफा
  • लोपोन्मुख रेडपाण्डा अवलोकन
  • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।
  •  लोपोन्मुख जडिबुटीहरूको भण्डार ।
  • हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।
  •  प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।
  • नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)
  • सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा
  • माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

🥾 कसरी पुग्ने?

कसरी पुग्ने गोसाइँकुण्ड

गोसाइँकुण्ड पदयात्राका विभिन्न मार्गहरूको प्रयोग गर्न सकिन्छ ।

  • रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट चन्दनबारी वा (लाङटाङ पुग्न पनि सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ, चन्दनबारी (सिङ्गोम्बा), चोलाङपाटी, लौरीबिना हुँदै
  • रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै
  • नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड हुँदै
  • नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड हुँदै
  • नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड हुँदै
  • काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड हुँदै
  • काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै
  • सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै

ℹ️ थप जानकारी

फुर्पा तामाङ, जैविक विविधता, संरक्षण

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/ourrasuw/public_html/wp-includes/functions.php on line 6131

Comments are closed.