बेत्रावतीमा घुँडा टेक्दा

लेखका मुख्य आकर्षण
🟢हिमालय पार गर्ने २४ भञ्ज्याङमार्फत नेपाल–तिब्बत आवतजावतको इतिहास
🟢 गोर्खा र कान्तिपुरबीचको युद्धपछि कुती–केरुङ मार्गको प्रयोग
🟢 लिच्छवि कालदेखि नेपाल–भोट सम्बन्धको ऐतिहासिक पृष्ठभूमि
🟢 सन् १७८८–८९ को नेपाल–तिब्बत युद्ध र ल्हासा कब्जा
🟢 सन् १७९१–९२ को दोस्रो युद्ध र चीनको ७० हजार फौज हस्तक्षेप
🟢 दामोदर पाण्डे नेतृत्वको सिगात्सेसम्मको विजय यात्रा
🟢 खोटा टकमरी विवाद र त्यसको राजनीतिक प्रभाव
🟢 बेत्रावतीसम्म आइपुगेको चिनियाँ सेना
🟢 बेत्रावती सन्धि (१७९२) का ६ दफा र त्यसको प्रभाव
🟢 सन्धिपछि ६० वर्षसम्म कायम शान्ति
रसुवासँग सम्बन्ध स्पष्ट गर्नेयो लेख हिमाल खबर मा आइतबार, २१ असार २०७७ मा प्रकाशित सामग्रीमा आधारित छ। रसुवा क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सन्दर्भलाई एकीकृत रूपमा संकलन गरी दीर्घकालीन अभिलेखीकरण (documentation) गर्ने उद्देश्यले यहाँ पुनःप्रकाशन गरिएको हो। पुन: प्रकाशित वा दस्तावेजीकरण नीति सम्बन्धि पुरा जानकारीका लागि यहाँ जानुहोस् ।
बेत्रावतीमा घुँडा टेक्दा
आदिकालदेखि हिमालय पार गरेर नेपाल–तिब्बत आवतजावत गर्ने २४ वटा भञ्ज्याङ रहेछन् । तीमध्ये कुती र केरुङ कम उँचाइमा भएकाले निकै पहिलादेखि आउजाउ गर्न प्रयोग गरियो । गोर्खाका राजा राम शाह र कान्तिपुरका राजा प्रताप मल्लले सत्रौं शताब्दीमा दुइटा युद्ध लडेछन् । फलस्वरूप कुती र केरुङ २५ वर्षसम्म प्रयोग गरेछन्।
नेपाल र तिब्बत (भोट) को सम्बन्धबारे खोजी पस्दा लिच्छवि कालमा राजा नरेन्द्रदेवको पालामा सम्बन्ध प्रगाढ रहेछ । पुरानो जमानामा चीन र भारत ओहोरदोहोर गर्ने बाटो नेपाल नै रहेछ । नेपालको वैदेशिक नीति अन्तर्गत नेपाल–भोट सम्बन्ध मजबुत रहेछ।
रणबहादुर शाहको शासनकालमा नेपालले सन् १७८८–८९ ताका तिब्बतमाथि आक्रमण गरेर ल्हासा समेत कब्जा गर्यो। त्यहाँबाट लुटेर विभिन्न बहुमूल्य वस्तु ल्यायो। तिब्बतले नेपाललाई वार्षिक रु. ५० हजार दिनुपर्ने खासा सम्झौता भयो।
नेपाल–चीन सम्बन्धमा पनि सोझो सम्पर्क रहेछ । नेपालका तर्फबाट सौगात लिएर एक जना दूत चीन गएका रहेछन् । त्यसको चार वर्षपछि चीनका सम्राटले पनि राजा नरेन्द्रदेवलाई सौगात पठाएछन् । भोटमा काठमाडौंको व्यापार निरन्तर गर्न कान्तिपुरका नेवार व्यापारीहरूलाई ल्हासामा बत्तीस कोठी खोल्ने इजाजत दिइएछ । यी व्यापारीको स्वार्थ रक्षार्थ दरबारको प्रतिनिधित्व गर्ने एउटा नायक ल्हासामा रहने व्यवस्था पनि रहेछ ।

चीनको ७० हजार फौज
रणबहादुर शाहको शासनकालमा नेपालले सन् १७८८–८९ ताका तिब्बतमाथि आक्रमण गरेर ल्हासा समेत कब्जा गर्यो। त्यहाँबाट लुटेर विभिन्न बहुमूल्य वस्तु ल्यायो। तिब्बतले नेपाललाई वार्षिक रु. ५० हजार दिनुपर्ने खासा सम्झौता भयो।
तर, त्यो रकम नतिरेपछि नेपालले दुई वर्षपछि फेरि तिब्बतमाथि हमला गर्यो । यस पटक भने तिब्बतको मद्दतका लागि चिनियाँ फौज आयो।
सन् १७९१–९२ मा नेपाल–भोटको दोस्रो युद्धमा चार हजार नेपाली फौज सिगात्सेतर्फ पठायो । दामोदर पाण्डे, देवीदत्त थापा र बम शाहको नेतृत्वमा गएको फौजले भोटको कुती जितेर अगाडि बढ्दै टिङ्गरी, शिकारजोङ पनि कब्जा गरेर सिगात्से पुग्यो । सिगात्से कब्जा गरेपछि पहिले गरेको सन्धि उल्लंघन गरेको भनी दामोदर पाण्डेले पचास धार्नी सुनको सिर्तो मागे । भोट पक्षले दिन मानेन । तब नेपाली फौजले टेहसी लेम्पो मठ लुटेर प्रशस्त सुन,चाँदी लगायत सम्पत्ति ल्याए।
त्यस क्रममा भोटमा नेपालको प्रभुत्व बढ्दै र आफ्नो प्रभाव घट्दै गएकोमा चीनको टाउको दुख्न थालेर त्यो युद्धमा हस्तक्षेप गर्न थाल्यो । तब चीनका बादशाहले भोटको मद्दतका लागि जनरल कु–क्याङको नेतृत्वमा ७० हजार सैनिक पठाए । यति ठूलो फौजसँग सामना गर्न सम्भव नदेखिएपछि नेपाली फौज युद्ध मोर्चाबाट हट्न लाग्यो।
त्यस वेला भोटको मुद्राको टकमरीको काम नेपालमा नै गरिन्थ्यो । नेपालले खोटा टकमरी गरेपछि भोटमा निकै खलबली भएछ । नेपालले खोटा टक मिलाउने सम्बन्धमा भोटको भनाइ मानेन । चीनले मद्दत गरेकाले नेपाली फौज शिथिल हुँदै गयो । अन्ततः सन् १७९२ को युद्धमा नेपालले घुँडा टेक्यो ।
बेत्रावती सन्धिको नालीबेली
चिनियाँ सेना काठमाडौंभन्दा २६ माइल मात्र टाढा बेत्रावती नदी, नुवाकोटसम्मै आइपुगेको थियो । नेपाल आत्तियो । काठमाडौं आक्रमण गर्न सक्ने भएकाले त्रास सिर्जना भयो । अन्ततः जसरी पनि युद्ध समाप्त पारेर सन्धि गर्ने अवस्थामा पुग्यो । चिनियाँ पक्ष पनि भोटबाट निकै टाढा आइपुगेको, रसदपानीको समस्या आदिका कारण सन्धि गर्नेतर्फ लाग्यो।
नेपाल र भोट/चीन युद्ध अन्त्य गर्न भएको सन्धिको ६ दफामध्ये चिनियाँ सम्राटले नेपाललाई र नेपालबाट पनि पाँच–पाँच वर्षमा उपहार पठाउने पनि तय भयो । दफामा नेपाल र भोटको सिमाना चिनियाँ अधिकारीले निर्धारण गर्ने, नेपालमा तेस्रो देशबाट आक्रमण भए चीनले नेपाललाई सघाउने पनि उल्लेख छन्।
नेपाल र भोट/चीन युद्ध अन्त्य गर्न सन्धिका लागि वार्ता भयो । बेत्रावती नदीको किनारमा सन्धि भएको हुँदा बेत्रावती सन्धि भनियो । सन्धिमा ६ दफा छन् । सम्झौता अनुसार तिब्बतको मठबाट नेपाली फौजले लुटेर ल्याएको सम्पत्ति फिर्ता गर्नुपर्यो । नेपाल र भोटबीच मतभेद भए समाधानका लागि दुवैले ल्हासास्थित चिनियाँ सम्राटका प्रतिनिधि ‘अम्बा’ लाई अनुरोध गर्ने दफा पनि राखियो ।
चिनियाँ सम्राटले नेपाललाई र नेपालबाट पनि पाँच–पाँच वर्षमा उपहार पठाउने पनि तय भयो । दफामा नेपाल र भोटको सिमाना चिनियाँ अधिकारीले निर्धारण गर्ने, नेपालमा तेस्रो देशबाट आक्रमण भए चीनले नेपाललाई सघाउने पनि उल्लेख छन् ।
यो सन्धिले नेपाल र भोटबीच करीब ६० वर्षसम्म शान्ति कायम गर्यो । ब्रिटिश भारत सरकारले तिब्बतको बजार गुमायो । नेपाल र भोट सम्बन्ध बिग्रँदा भोटमा भएका नेपाली व्यापारीहरूको संख्या दुई हजारबाट घटेर ५०० सम्ममा झरेको थियो।
यो पनि हेर्नुहोस्
यो लेख किन यहाँ ?
🔹स्रोत उल्लेख + दस्तावेजीकरण उद्देश्य
यो लेख हिमाल खबर मा आइतबार, २१ असार २०७७ मा प्रकाशित सामग्रीमा आधारित छ। रसुवा क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सन्दर्भलाई एकीकृत रूपमा संकलन गरी दीर्घकालीन अभिलेखीकरण (documentation) गर्ने उद्देश्यले यहाँ पुनःप्रकाशन गरिएको हो।
🔹 रसुवासँग सम्बन्ध स्पष्ट गर्ने
बेत्रावती (हालको बेत्रावती) र रसुवा क्षेत्र ऐतिहासिक रूपमा नेपाल–तिब्बत आवतजावत तथा युद्ध–सन्धिका साक्षी स्थलहरू हुन्। रसुवाको भौगोलिक तथा रणनीतिक महत्व बुझ्न यस लेखलाई सन्दर्भ सामग्रीका रूपमा समावेश गरिएको छ।
🔹 ऐतिहासिक अनुसन्धानको सन्दर्भ
रसुवा जिल्लाको ऐतिहासिक पृष्ठभूमि, केरुङ–कुती नाका, हिमाली व्यापार मार्ग तथा नेपाल–भोट सम्बन्धका तथ्यहरू अध्ययन गर्दा यो सामग्री महत्वपूर्ण स्रोतका रूपमा देखिएकाले यहाँ संग्रहित गरिएको हो।
🔹 अभिलेखीकरण (Archival Purpose) घोषणा
यस सामग्रीलाई शैक्षिक, अनुसन्धानात्मक तथा ऐतिहासिक अभिलेखीकरण प्रयोजनका लागि डिजिटल संग्रहका रूपमा राखिएको हो। मूल लेखप्रति पूर्ण श्रेय प्रदान गरिएको छ।
🔹 सन्तुलित कूटनीतिक दृष्टिकोण
यो लेख ऐतिहासिक घटनाक्रमको वर्णन हो। यसमा उल्लेखित घटनाहरू तत्कालीन राजनीतिक तथा कूटनीतिक सन्दर्भमा आधारित छन्। वर्तमान समयसँग तुलना गर्दा ऐतिहासिक सन्दर्भलाई त्यही कालखण्डभित्र बुझ्न आग्रह गरिन्छ।
‘gosainkunda-poem’, // Tag slug ‘posts_per_page’ => 5, ‘orderby’ => ‘date’, ‘order’ => ‘DESC’ )); ?>
तपाईको सुझाव
तपाइँको सुझाव- Facebook Comments