ओझेलमा परेको अलौकिक हिमाली गन्तव्य : नौकुण्ड क्षेत्र

प्रकार: धार्मिक स्थल, पर्यटकीय स्थल, मठ मन्दिर ठेगाना : नौकुण्ड गाउँपालिका-२

मुख्य आकर्षण (Highlights)

प्रसिद्ध गोसाइँकुण्ड नजिकै रहेको भए पनि नौकुण्ड क्षेत्र अझै ओझेलमा परेको छ। जनविश्वास अनुसार जनैपूर्णिमाको समयमा गोसाइँकुण्डमा अत्यधिक भीडभाड र फोहोर हुने भएकाले भगवान शिव सो अवधिमा नौकुण्ड क्षेत्रमा आउने गर्दछन्।

परिचय

४००० देखि ५३०० मिटर उचाइमा फैलिएको रहस्यमय नौकुण्ड समूह

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका–२ मा अवस्थित नौकुण्ड क्षेत्र ४००० मिटरदेखि करिब ५३०० मिटर उचाइसम्म फैलिएका नौ वटा पवित्र हिमाली कुण्डहरूको समूह हो। स्थानीय भाषामा यसलाई “नाउकुण्ड” भनेर चिनिन्छ ।

नौकुण्ड समूहभित्र पर्ने नागकुण्ड (नाउकुण्ड) लाई मुख्य कुण्डका रूपमा मानिन्छ। यही ऐतिहासिक तथा धार्मिक महत्वका कारण यस क्षेत्रको नामबाटै गाउँपालिकाको नाम नौकुण्ड गाउँपालिका रहन गएको हो ।

गोसाइँकुण्डसँग जोडिएको धार्मिक आस्था

प्रसिद्ध गोसाइँकुण्ड नजिकै रहेको भए पनि नौकुण्ड क्षेत्र अझै ओझेलमा परेको छ। जनविश्वास अनुसार जनैपूर्णिमाको समयमा गोसाइँकुण्डमा अत्यधिक भीडभाड र फोहोर हुने भएकाले भगवान शिव सो अवधिमा नौकुण्ड क्षेत्रमा आउने गर्दछन्।

जनैपूर्णिमा तथा गंगा दशहरामा यहाँ स्नान गर्दा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रही आएको छ।

उचित प्रचारप्रसार र आवास सुविधाको अभावले गोसाइँकुण्ड नजिकै भएर पनि नौकुण्डले अपेक्षित पहिचान बनाउन सकेको छैन ।

नौकुण्ड समूहभित्र रहेका प्रमुख कुण्डहरू

नौकुण्ड क्षेत्रमा परम्परागत रूपमा चिनिएका कुण्डहरू:

🟢 लम्बे (लामो) कुण्ड
🟢 नाउ/नागकुण्ड (मुख्य कुण्ड)
🟢 राजा कुण्ड
🟢 रानी कुण्ड
🟢 कामी कुण्ड
🟢 एक्ले कुण्ड
🟢 ज्याकसन्चुली कुण्ड
🟢 चिता कुण्ड
🟢 कमिनी कुण्ड

स्थानीय परम्पराअनुसार तेम कुण्ड, छेडा कुण्ड, दि कुण्ड, चुल्हो कुण्ड र शीर कुण्डको समेत उल्लेख पाइन्छ।
हाल ९ वटा कुण्डमध्ये २ वटा कुण्ड सुकिसकेको अवस्थामा रहेका छन् ।

आकर्षण

नौकुण्ड क्षेत्रका मुख्य आकर्षणहरू
🌲 लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र

नौकुण्ड क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्छ। यहाँ विविध वनस्पति, जंगली जनावर र चराचुरुङ्गीहरूको प्राकृतिक वासस्थान रहेको छ । विशेष गरी लोपोन्मुख रेड पाण्डा अवलोकनको सम्भावना रहेको क्षेत्र हो।

🌸 लालीगुँरासको स्वर्ग

यस पदमार्गमा प्रायः सबै किसिमका लालीगुँरासका फूलहरू पाइन्छन्, जसले वसन्त ऋतुमा क्षेत्रलाई रंगीन बनाउँछ ।

🏔 हिमाली दृश्यावलोकन

विभिन्न हिमाल तथा पहाडी श्रृङ्खलाहरू
मनोरम सूर्योदय र सूर्यास्त दृश्य
हिमाली घाँसे मैदान र चौरीगोठ–भेडागोठको अवलोकन

🏕 सांस्कृतिक अनुभव

नौकुण्ड क्षेत्र तामाङ र शेर्पा समुदायको बसोबास क्षेत्र हो। यहाँ:
मौलिक संस्कृति
परम्परागत जीवनशैली
स्थानीय पर्व–संस्कार
अनुभव गर्न सकिन्छ।

किन घुम्ने नौकुण्ड?

✔ गोसाइँकुण्डभन्दा कम भीडभाड
✔ उच्च हिमाली जैविक विविधता
✔ धार्मिक तथा प्राकृतिक पर्यटनको संगम
✔ साहसिक पदयात्राका लागि उत्कृष्ट गन्तव्य

कसरी पुग्ने?

पासाङल्हामु राजमार्गको कालिकास्थान वा गोम्बोडाँडा (स्याउबारी) बाट गैरीनागी-लोकिल हुँदै जुरेढुङ्गो वा सिप्पुङबाट ढोकाभञ्ज्याङ-कानछ्याम्बा खर्क, नचोक, श्यार्मा, बक्सार, परालथला हुँदै

नौकुण्ड क्षेत्रमा पुग्नका लागि यी मार्गहरू प्रयोग गर्न सकिनेछ ।

✔ पासाङल्हामु राजमार्गको कालिकास्थान वा गोम्बोडाँडा (स्याउबारी) बाट गैरीनागी-लोकिल हुँदै लाङ्बु (विजिली जोङ्ग) – थाङ्दोर-स्याङ्ग्युल, सिम्बन्दी-श्यार्मा, बक्सार, परालथला हुँदै

✔ रसुवाको सदरमुकाम धुन्चे वा स्याफ्रुबाट वा लाङटाङ पुगेर चन्दनबारी, लौरीविना, गोसाइँकुण्ड-भैरवकुण्ड हुँदै

✔ नुवाकोटको बिदुर-लच्याङ, सरमथली (निर्कुभूमे), पार्‍च्याङ, यार्सा हुँदै सिम्बन्दी-श्यार्मा, बक्सार, परालथला हुँदै वा यार्साबाट राउचुली हुँदै
✔ काठमाण्डौंको नारायणस्थानबाट वा नुवाकोटको दुप्चेश्वर (शिखरबेशी) उर्लेनी-राउचुली हुँदै

✔ काठमाण्डौंको सुन्दरीजल-चिसापानी- कुटुमसाङ-ठाडेपाटी- फेदि-सूर्यकुण्ड – गोसाइँकुण्ड – भैरवकुण्ड हुँदै

✔ सिन्धुपाल्चोकको मेलाम्चीपुल बजारबाट तार्केघ्याङ–ठाडेपाटी- फेदि-सूर्यकुण्ड – गोसाइँकुण्ड – भैरवकुण्ड हुँदै

तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला

थप जानकारी

उपयुक्त घुम्ने समय

वर्षैभरि घुम्नका लागि उपयुक्त यो स्थान गंगादशहरा र जनैपूर्णिमाका मेला विशेष रहेको छ ।