चिनाऔं लाङटाङ

prem-prasad-paudel-rasuwa

✍️प्रेमप्रसाद पौडेल


हीमैकोँ शिखरै रहेछ नजिकै देखेर मन् हर्कने
जाऊ घुम्न तिमी रमाइ खुशिले केलाई हो पर्खने ?
बीहानी रवि कीरणै त परदा चाँदी सरी टल्कने
लाङ्टाङ् गाउँ अती मनोहर पुरी देशको मुहार् झल्कने ।।१

गर्छन् स्वागत तिमीलाई सबले जो जाँ बसेका छन
रोयो तन् जसको सु–शान्ति मिलने त्यो ठाउँ घुम्दा कन ।
खाना दाल, अचार रोटी सँगमा फापर्, सिमी, जौ, करु
चौरीको दुधमा मिलाइ करु नै चाहिन्न चिज् क्वै अरु ।।३

कैंयौं सागर पारिका जनहरु देखेर लालायित
हाम्रो शिखरमा जमेर हिउँ नै बन्यो सबै माझ् हित ।
सारै सुन्दर भै सबै बिचमहा मूटू कलेजै बनी
देख्दैमा सबका महीत नयनै हामी रहेछौ धनी ।।२

विश्वै सामु महाँ परिचित हुँदा नौलै छ हामी सित
ठूलो -उत्सवमै बनाउँ परिचित् होला सबैको जित ।
फल्ला यै सबका नजिक सुन झैं अग्लिन्छ लाङ्टाङ् पनि
सामाजिक् जनभावना फिजियमा हामी हुनेछौं धनी ।।४


चिनाऔं लाङटाङ

– प्रथम रसुवा महोत्सवको अवसरमा, २०६२ कार्तिक २७ (जोमसोम, मुस्ताङ) मा रचना गरिएको हाे ।


,

तपाईको सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *