धैबुङ कालिका मन्दिर
रसुवा जिल्ला धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वले समृद्ध क्षेत्र हो। यही जिल्लाको धैबुङ क्षेत्रमा अवस्थित कालिका माई मन्दिर धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यको उत्कृष्ट उदाहरण हो। पासाङल्हामु राजमार्गबाट सजिलै पुग्न सकिने यो पवित्र स्थल पछिल्लो समय आन्तरिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ।
📑 सामग्री तालिका
▼
📖 संक्षिप्त परिचय
रसुवा जिल्ला धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वले समृद्ध क्षेत्र हो। यही जिल्लाको धैबुङ क्षेत्रमा अवस्थित कालिका माई मन्दिर धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यको उत्कृष्ट उदाहरण हो। पासाङल्हामु राजमार्गबाट सजिलै पुग्न सकिने यो पवित्र स्थल पछिल्लो समय आन्तरिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ।
📝 विस्तृत परिचय
सामुद्रिक सतहदेखि ६ सय मिटर उचाईमा रहेको वेत्रावती (उत्तरगया) त्रिवेणीदेखि उठ्दै गएको पहाडको टुप्पोमा करिव १४ सय मिटर उचाईमा रहेको यस क्षेत्र न गर्मी, न जाडो गर्मीमा हिमालको हावा वहने र जाडोमा पनि तुषारो नपर्ने, विहान सबेरै रवीको किरणद्दारा प्रज्ज्वल्लमान हुने र रमणीय वस्तीको लागि उपयुक्त वातावरण भएको स्थानको रूपमा चिनिन्छ ।
प्राकृतिक दृश्यको धनी, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ । दोस्रो पटक नेपाल-चीन युद्द हुँदा चिनीया फौजले नेपाली फौजलाई लघारेर बेत्रावती पुर्या एपछि चिनीयाहरूले यस मन्दिरमा गाई, गोरू बली चढाएका थिए, जसको प्रभाव चट्याङ, हावाहुरी जस्ता विपत्तिसहित ठूलो संख्यामा चिनीयाँ फौज मरेका थिए/त्रिशूलीमा होमिन पुगेका थिए भनिएको छ । त्यसैबेलादेखि कालिका माईको शक्ति स्थापित भएको हो भन्ने भनाई रहेको छ ।
परापूर्व कालमा अन्यत्र जोडिएको जस्तो स्थानीय धार्मिक कार्यका लागि भाँडाकुँडा दिने प्रचलन यहाँ पनि थियो । हाल रहेको मन्दिरभन्दा केही तल पहरामा अवस्थित कालिका माईले आवश्यकता र नियमानुसार कार्यको लागि भाँडाकुँडा माग भपमा उपलब्ध गराउने गर्थिन् । पछि नियमानुसार प्रयोग नभएपछि माई रिसाएर भाँडाकुँडा माग्दा दिन छोडेकी हुन् भन्ने किंबदन्तीसमेत् रहेको छ ।
वि.सं. २०६० सालमा राम्चेको पहिरोले त्यहाँ स्थित सैनिक ब्यारेक बगाएपछि विस्थापित सेना यस मन्दिर परिसरमा बस्दै आएका छन् । पहिले त्यहाँ काठमाण्डौं, ललितपुर, भक्तपुर र नुवाकोटका विभिन्न स्थानबाट समेत वनभोज र कालिकामाईको दर्शन गर्न तथा त्यहाँबाट देखिने विभिन्न दृष्यको अवलोकन गर्न आउँथे । यो स्थान ब्यारेकले ओगटेपछि अहिले दैनिक रूपमा पूजा आजा गर्न आउनेको संख्या घटेको छ भने वनभोज गर्न आउनेका लागि पनि ठाउँ अभाव भएको छ । सैनिक ब्यारेक अन्यत्र सारेर त्यस ठाउँलाई धार्मिक तथा ऐतिहाँसिक रूपमा विकास गरी पिकनिक स्थलको रूपमा पनि विकास गर्न सकिने स्थानीयबासी बताउँछन् ।
यही मन्दिरको पूर्वपट्टि चिउरीबोट नजिकै नेपाल-चीन युद्द हुँदा बखत् निर्माण भएको कोतघर जुन् अहिले अवशेष नरहेको अवस्थामा छ । यहाँ वरपर रहेका ऐतिहाँसिक गढीहरू कमारेगढी, घलेगढी जस्ता ऐतिहाँसिक स्थलहरूको उचित प्रचारप्रसार गर्न सके यहाँ वरपरका वस्तीहरू पर्यटकीय क्षेत्र बन्न सक्नेछ ।
✨ मुख्य आकर्षणहरू
कालिका मन्दिर र वरपरका आकर्षणहरू
- ऐतिहाँसिक तथा धार्मिक महत्व
- वरपर अन्य देवी देवताहरूको मन्दिर
- रसुवाको एक प्रमुख व्यापारिक मार्ग
- सूर्योदय र सूर्यास्त दृश्यावलोकन
- धरातलीय विषमता
- न जाडो न गर्मी क्षेत्र
- नेपाल तिब्बत युद्द हुँदा बखतको ऐतिहाँसिक महत्व बोकेको स्थल
- यस मन्दिर वरपर अन्य ऐतिहाँसिक र धार्मिक स्थलहरू (घलेगढी, कमारेगढी, धैबुङ कोतघर - अवशेष नरहेको, थुम्कीका महादेव मन्दिर आदि, जुन् स्थलहरू यसैको अन्य स्थलहरू Tab मार्फत् हेर्न सकिनेछ ।
- लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र
- गणेश हिमाल, सातधारे, नौकुण्ड क्षेत्र, फिकुरी लेक, भाङ्गे झरना आदिको अवलोकन
- होटल, लज, होमस्टे र खानाको व्यवस्था भएको क्षेत्र
🌸 उपयुक्त समय
कालिका मन्दिर घुम्नका लागि बर्षैभरिका समय उपयुक्त भएपनि विशेष गरी दशैं वा नवरथाको समयमा बढी महत्वका साथ तीर्थालुहरू आउने गर्दछन् ।
🗺️ स्थान नक्सा
📍 धैबुङ कालिका मन्दिर
अक्षांश: 27.998732 | देशान्तर: 85.207668
🏔️ नजिकका गन्तव्यहरू
थुम्कीका जलेश्वर महादेव मन्दिर
📏 700 मिटर
बेत्रगंगा/उत्तरगया धाम
📏 3.9 किमी
जुरेढुङ्गा (सिप्पुङ)
📏 4.5 किमी
💬 टिप्पणीहरू