थुम्कीका जलेश्वर महादेव मन्दिर
धार्मिक कथन अनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ १ रात बास बसी गएका हुन् पनि भनिएको छ । बालाचतुर्दशीको बेलामा यहाँ मेलासहित शतबीज छर्ने पर्व पनि लाग्ने गर्दछ ।स्थानीय तथा पूर्व प्रधानपञ्च स्व. चुडामणि पौडेलको अगुवाईमा यहाँ मेला आयोजना गर्न थालिएको हो ।
📑 सामग्री तालिका
▼
📖 संक्षिप्त परिचय
एक स्थानीय बासिन्दाको गाई सँधै फुकेर दुध दुहुने बेलामा हराउने गरेको र खोजी गर्दै जाँदा यहाँ हाल महादेव मानिएको शिलामा दुध चढाईरहेको भेटिएको हुँदा शक्ति मानेर पूजा आजा गरिँदै आएको भन्ने भनाई रहेको छ । धार्मिक कथन अनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ १ रात बास बसी गएका हुन् पनि भनिएको छ ।
📝 विस्तृत परिचय
रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं ५, जिबजिबेमा रहेको नीलकण्ठ महादेव मन्दिरलाई स्थानीयहरूले 'थुम्कीका महादेव' भनेर चिन्दछन् । जलेश्वर महादेव भनेर पनि चिनिदै आएको यस मन्दिर रमणीय स्थानमा रहेको छ । सूर्योदय, सूर्यास्त हेर्नका लागि पनि उपयुक्त स्थलको रूपमा रहेको यस मन्दिर उत्पत्ति सम्बन्धि एक कथन रहेको छ ।
एक स्थानीय बासिन्दाको गाई सँधै फुकेर दुध दुहुने बेलामा हराउने गरेको र खोजी गर्दै जाँदा यहाँ हाल महादेव मानिएको शिलामा दुध चढाईरहेको भेटिएको हुँदा शक्ति मानेर पूजा आजा गरिँदै आएको भन्ने भनाई रहेको छ ।
धार्मिक कथन अनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ १ रात बास बसी गएका हुन् पनि भनिएको छ । बालाचतुर्दशीको बेलामा यहाँ मेलासहित शतबीज छर्ने पर्व पनि लाग्ने गर्दछ ।स्थानीय तथा पूर्व प्रधानपञ्च स्व. चुडामणि पौडेलको अगुवाईमा यहाँ मेला आयोजना गर्न थालिएको हो ।
पछिल्लो समय स्थानीयहरूको मात्र सहभागिता हुने यस क्षेत्रमा केही वर्ष अघिसम्म नुवाकोटका मनकामना, फिकुरी, तादी, तुप्चे, मभीर, कुवापानी, गेर्खु, चोकदेलगायतका क्षेत्रबाट यहाँ तीर्थालुहरू आउने गर्दथे ।
पासाङल्हामु राजमार्गको कालिकास्थान-घुम्तीबाट १.७ किमी पूर्वमा जिबजिबे बजारदेखि केही तल रहेको भञ्ज्याङबाट उठ्दै गएको एक थुम्कामा अवस्थित छ । थुम्कामा रहेका हुनाले थुम्कीका महादेव भनेर पुकारिएको हो ।
✨ मुख्य आकर्षणहरू
- धार्मिक महत्व, मनोंकाञ्छा पुरा हुने
- वरपर अन्य देवी देवताहरूको मन्दिर
- सूर्योदय र सूर्यास्त दृश्यावलोकन
- धरातलीय विषमता
- न जाडो न गर्मी क्षेत्र
- यस मन्दिर वरपर अन्य ऐतिहाँसिक र धार्मिक स्थलहरू (घलेगढी, कमारेगढी, धैबुङ कोतघर - अवशेष नरहेको, कालिका मन्दिर आदि ।
- लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र
- सातधारे, नौकुण्ड क्षेत्र, फिकुरी लेक आदिको अवलोकन
- होटल, लज, होमस्टे र खानाको व्यवस्था भएको क्षेत्र
🌸 उपयुक्त समय
यो स्थान भक्तालुका लागि वर्षैभरि उपयुक्त छ । तर पनि बालाचतुर्दशी, शिवरात्री, जनैपूर्णिमालगायतका समयमा विशेष मेला लाग्ने गर्दछ ।
🗺️ स्थान नक्सा
📍 थुम्कीका जलेश्वर महादेव मन्दिर
अक्षांश: 27.998571 | देशान्तर: 85.2143467
💬 टिप्पणीहरू