🌄 रसुवाको प्रचारप्रसार अभियानमा जोडिन चाहनुहुन्छ ?
⚡ सामूहिक प्रयास · डिजिटल पहिचान
हाम्रो उद्देश्य
रसुवाको भौगोलिक, ऐतिहासिक, धार्मिक, शैक्षिक, आर्थिक र सामाजिक आयामलाई एकीकृत डिजिटल स्वरूपमा प्रस्तुत गर्नु हाम्रो मुख्य उद्देश्य हो।
विभिन्न ऐतिहाँसिक तथ्य अनुसार रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावती (उत्तरगयाधाम) मा अवस्थित राममन्दिर पृथ्वीनारयण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् ।

📖 संक्षिप्त परिचय

बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्‍वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ ।

📝 विस्तृत परिचय

बेत्रावती रसुवा जिल्लाको प्रवेशद्‍वार हो । रसुवा-नुवाकोटको सिमानामा पर्ने यो स्थल धार्मिक, ऐतिहाँसिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको छ । रसुवा र नुवाकोटका अधिकाँश क्षेत्रका मानिस (हिन्दु) हरूको मृत्युपश्चात यही नदीमा देहदहन गर्ने गरिन्छ । यस पुण्यभूमिमा देहदहन, वितेका पुर्खाको नाममा श्रद्धा तथा यस क्षेत्रमा धार्मिक कार्य गर्दा मृत्युपर्यन्त मानिस सिधै कैलाशमा जान्छ भन्ने विश्वास गरिन्छ ।

नेपाल तथा भारत र अन्य देशबाट विशेष गरी पौषे औंशीका दिन पुर्खाको नाममा श्रद्धा गर्नेको भीड लाग्ने गरेको छ । अधोगति (असामयिक निधन वा दुर्घटनामा परी मरेका) परेका पुर्खाको नाममा यहाँ पुगेर तर्पण मात्र दिए पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास रही आएको छ ।

संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ । बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । रामनवमी, ठूली एकदशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ ।

त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ । सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौता, यहाँको राम, लक्ष्मण, सीता, हनुमान, त्रिवेणीधाम, उत्तरगया, पौषेऔंशी, एकादशी, गाइजात्रा तथा मात्रेसंक्रान्ति पर्वका गोरू जुधाइ जस्ता पर्व, जात्रा र उत्सवको प्रवर्दन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा पुग्नेछ ।

बेत्रावतीको धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्व विभिन्न ऐतिहाँसिक तथ्य अनुसार रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावती (उत्तरगयाधाम) मा अवस्थित राममन्दिर पृथ्वीनारयण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् ।

गौरादेवी पृथ्वीनारायण शाहकी कान्छी रानी नरेन्द्रलक्ष्मीको दिक्षामन्त्र सुनाउने गुरूआमा थिईन् । उनको विवाह पं जयमङ्गल पौडेल (नेपालका मुख्तियार पं रंगनाथ पौडेलको हजुरबा) सँग भएको थियो । उनीहरूका चार छोरामध्ये जेठो रघुनाथ रामभक्त थिए, उनैले बेत्रावतीको किनारमा राममन्दिर बनाएर पूजाआजा चलाएका हुन् भनिएको छ । [[धैबुङ गाउँ]]लाई उनी रामपूर भनेर चिनाउन चाहन्थे ।

✨ मुख्य आकर्षणहरू

ऐतिहाँसिक महत्व

सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्नका लागि यहाँ दुई देश बीच सन्धी वा सम्झौता गरिएको थियो । दोस्रो पटक भएको युद्दमा नेपाली फौज र चिनीयाँ फौज बीच यहाँ घमासान लडाई भएको थियो । करीव १२०० संख्यामा चिनीयाँ फौज यहाँ मारिएका थिए, युद्दबाट हारेर कतिपय चिनीयाँ फौजले त्रिशूली नदीमा हामफालेर देहवरण गरेका थिए भने ३०० संख्यामा नेपाली फौजले पनि विरगति प्राप्त गरेका थिए ।

धार्मिक महत्व

संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ । बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ ।

पर्यटकीय महत्व

संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज तथा नेपालको तेस्रो पर्यटकीय स्थलमा जाने प्रमुख प्रवेशद्वार भएका कारण पनि यस स्थानको महत्व रहेको छ । होटल तथा लज आवासको व्यवस्था भएको यो क्षेत्र प्राचीन कालदेखि रसुवा-नुवाकोटको प्रमुख व्यापारिक मार्ग हो ।

व्यापारिक तथा आर्थिक महत्व

धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यो स्थल प्राचीन समयदेखि रसुवा नुवाकोटको प्रमुख व्यापारिक क्षेत्र हो । होटल, लज वा खाना बासको प्रशस्त पूर्वाधार रहेको यस क्षेत्रमा पर्यटकको आवागमन बृद्दि गराउन सके यहाँको जनताको आर्थिक उन्नयनमा भूमिका खेल्दछ र खेलिरहेको पनि छ ।यस क्षेत्रमा हुने विभिन्न पर्व, उत्सव तथा जात्राहरूले धार्मिकसहित सांस्कृतिक महत्व पनि झल्काइरहेको छ । यहाँको भेषभूषा विशेष गरी लाखेनाँचले सांस्कृतिक पक्षलाई समेत् उजागर गर्दछ । जसका माध्यमबाट यहाँ धार्मिक पर्यटन विकास भईरहेको पनि छ ।

सामाजिक महत्व

बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । रामनवमी, ठूली एकदशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ । त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ ।

🌸 उपयुक्त समय

यस क्षेत्रमा घुम्नका लागि बर्षैभरिका समय उपयुक्त हुने गर्दछ ।

नेपाल तथा भारत र अन्य देशबाट विशेष गरी पौषे औंशीका दिन पुर्खाको नाममा श्रद्धा गर्नेको भीड लाग्ने गरेको छ । अधोगति (असामयिक निधन वा दुर्घटनामा परी मरेका) परेका पुर्खाको नाममा यहाँ पुगेर तर्पण मात्र दिए पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास सहित यहाँ तीर्थालु आउने गर्दछन् ।

संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ । बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । रामनवमी, ठूली एकदशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ ।

🗺️ स्थान नक्सा

📍 बेत्रगंगा/उत्तरगया धाम
अक्षांश: 27.9743251 | देशान्तर: 85.1796734

🗺️ Google Maps मा हेर्नुहोस्

👤 लेखकको प्रोफाइल

प्रेमप्रसाद पौडेल

प्रेमप्रसाद पौडेल

Our Rasuwa Founder

📄4गन्तव्यहरू

🔍 स्थलहरू खोज्नुहोस्

💬 टिप्पणीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *