🌄 रसुवाको प्रचारप्रसार अभियानमा जोडिन चाहनुहुन्छ ?
⚡ सामूहिक प्रयास · डिजिटल पहिचान
हाम्रो उद्देश्य
रसुवाको भौगोलिक, ऐतिहासिक, धार्मिक, शैक्षिक, आर्थिक र सामाजिक आयामलाई एकीकृत डिजिटल स्वरूपमा प्रस्तुत गर्नु हाम्रो मुख्य उद्देश्य हो।
 सिप्पा अर्थात् सिप्पुङलाई भू-उपग्रहको एक अंशको रुपमा बुझ्ने गरिन्छ । जुरेढुङ्गाभन्दा दक्षिण-पूर्वतर्फ लाङ्बु गाउँको सिरानमा अवस्थित बिजिली (बिजुली) ढुङ्गा र निर्कुभूमेसँग जोडिएको एक धार्मिक कथन समेत् रहेको छ ।

📖 संक्षिप्त परिचय

नौकुण्ड गाउँपालिका वडा नं १ मा पर्ने जुरेढुङ्गा २९८० मी. उचाईमा अवस्थित छ । यसको पुच्छारमा सिप्पुङ (सिपाङ) खर्क रहेको छ । यहाँ पदार्पण गरिसकेपछि नौकुण्डका वस्तीहरू थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क, लार्च्याङटार, फाम्चेत, पार्‍याङ, चिलाउने गाउँ, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथली, सातधारे हिमाल र नुवाकोटका बोहोरे, कटुञ्जेदेखि ककनी, चिसापानीलगायतका वस्ती र डाँडाकाँडा हेर्न सकिन्छ । जुरेढुङ्गाको तलतिर रहेका वस्तीहरू हेर्दा लाग्छ कि हेलिकप्टरबाट हेरिहरेको छु ।

📝 विस्तृत परिचय

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ६ मा रहेको जुरेढुङ्गा मनोरम स्थलमध्येको एक हो । लोकिल-सिपाङ पदमार्ग अन्तर्गत् पर्ने यो स्थान  पछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाईमा पर्दै आएको छ । पासाङल्हामु राजमार्ग कालिकास्थान-गोम्बोडाँडा वा स्याउबारीबाट ३ घण्टाको पैदल यात्रामा सहजै यस स्थानमा पुग्न सकिन्छ । भूमेस्थान वा सानोआलेसम्म सडक सवारीको प्रयोग गरेर पनि यस स्थानमा सजिलै पुग्न सकिन्छ । 🔗 धैबुङ कालिका मन्दिर 🔗 थुम्कीका जलेश्वर महादेव मन्दिर
 
स्थानीय भाषामा सिप्पुङ पनि भनिन्छ यसलाई । गोरूको जुरोजस्तो भन्ने अर्थ रहेको छ सिप्पुङको । यहाँबाट विकसोन्मुख पर्यटन पदमार्गको रूपमा रहेको नौकुण्ड ताल पनि पुग्न सकिन्छ । सूर्योदय, सूर्यास्त तथा भूधरातलको मनोरम दृश्यावलोकनका लागि एकपटक यस स्थानमा पुग्नै पर्छ । मौषम सहज भएको अवस्थामा काठमाण्डौंसम्मको दृश्य पनि देख्न सकिन्छ ।
 
नौकुण्ड गाउँपालिका वडा नं १ मा पर्ने जुरेढुङ्गा २९८० मी. उचाईमा अवस्थित छ । यसको पुच्छारमा सिप्पुङ (सिपाङ) खर्क रहेको छ । यहाँ पदार्पण गरिसकेपछि नौकुण्डका वस्तीहरू थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क, लार्च्याङटार, फाम्चेत, पार्‍याङ, चिलाउने गाउँ, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथली, सातधारे हिमाल र नुवाकोटका बोहोरे, कटुञ्जेदेखि ककनी, चिसापानीलगायतका वस्ती र डाँडाकाँडा हेर्न सकिन्छ । जुरेढुङ्गाको तलतिर रहेका वस्तीहरू हेर्दा लाग्छ कि हेलिकप्टरबाट हेरिहरेको छु ।
 
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस जुरेढुङ्गाको वरपर पनि थुप्रै खर्क र आकर्षक स्थलहरू रहेका छन् । चैत्र-बैशाखको समयमा यहाँ विभिन्न किसिमका लालीगुँरासहरू फुल्ने गर्दछन्, जुन् दृश्यले यहाँ आउने सबैलाई मोहित बनाउँदछ । नजिकको वा १ दिनमात्र समय छुटाएर रसुवा-नुवाकोट तथा काठमाण्डौंदेखि नै यहाँको यात्रा तय गर्न सकिनेछ । लोपोन्मुख रेडपाण्डा (रातोहाब्रे) को यहाँ वासस्थान रहेको छ । ठूलाठूला गगनचुम्बी गुँरास, खस्रु, गोब्रेसल्लाहरू रहेका छन् ।
 
 सिप्पा अर्थात् सिप्पुङलाई भू-उपग्रहको एक अंशको रुपमा बुझ्ने गरिन्छ । जुरेढुङ्गाभन्दा दक्षिण-पूर्वतर्फ लाङ्बु गाउँको सिरानमा अवस्थित बिजिली (बिजुली) ढुङ्गा र निर्कुभूमेसँग जोडिएको एक धार्मिक कथन समेत् रहेको छ ।
 
जुरेढुङ्गालगायत बिजिली ढुंगाबाट समेत् परापूर्व कालमा विवाह, ब्रतबन्धलगायतका शुभकार्यका लागि आवश्यक भाडाकुँडा पाईने गरेको किंबदन्ती रहेको छ भने पछि भाडाकुँडा प्रयोग पश्चात् सफा गरेर एकदिनमै त्यहाँ पुर्‍याईदिनु पर्नेमा भोलिपल्ट पुर्‍याईदिएकोले सिप्पा देवता रिसाएर  पछिल्लो समयमा भाडाकुँडा नदिन थालिएको भन्ने स्थानीयको भनाई रहेको छ।
 
✨ मुख्य आकर्षणहरू

जुरेढुंगा वरपरका आकर्षणहरू (किन जाने?)
  • ३२ भन्दा बढी प्रजातिका लालीगुँरासहरू
  • ठूलाठूला गगनचुम्बी गुँरास, खस्रु, गोब्रेसल्लाहरूको मनोरम घना दृश्यावलोकन
  • जंगली जनावर, चरा अवलोकन
  • तामाङ भेषभूषा र संस्कृति
  • मनोरम वस्तीहरूको दृश्यावलोकन
  • सूर्योदय र सूर्यास्तका दृश्यावलोकन
  • चौंरी, गाई भेडा गोठ र खर्कहरू
  • पिकनिक स्पटहरू
  • कृषि तथा तरकारी फार्महरू

🌸 उपयुक्त समय

यस स्थान घुम्नको लागि वर्षैभरि उपयुक्त हुने गर्दछ । विशेष गरी फागुन-जेठ अवधि अझै महत्वपूर्ण हुने गर्दछ ।

🗺️ स्थान नक्सा

📍 जुरेढुङ्‍गा (सिप्पुङ)
अक्षांश: 28.0391565 | देशान्तर: 85.2027965

🗺️ Google Maps मा हेर्नुहोस्

📚 सामग्री सन्दर्भ स्रोत

सन्दर्भ स्रोत [[धैबुङ कालिका मन्दिर]]

👤 लेखकको प्रोफाइल

प्रेमप्रसाद पौडेल

प्रेमप्रसाद पौडेल

Our Rasuwa Founder

📄4गन्तव्यहरू

🔍 स्थलहरू खोज्नुहोस्

💬 टिप्पणीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *