Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

यही हो हाम्रो रसुवा

यही हो हाम्रो रसुवा 🏔️

‘रा’ को अर्थ भेडाच्याङ्ग्रा‘सोवा’ को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने बुझिन्छ। स्थानीय भाषामा ‘रासोवा’ नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम रसुवा ले चिनिएको छ।

भौगोलिक स्थिति

नेपालका १६ हिमाली जिल्लामध्ये एक हिमाली जिल्ला भएको रसुवाको सीमाना यसप्रकार छ:

  • पूर्व: नुवाकोट र सिन्धुपाल्चोक
  • पश्चिम: नुवाकोट र धादिङ
  • उत्तर: चीनको स्वशासित क्षेत्र तिब्बत (केरूङ नाका)
  • दक्षिण: नुवाकोट (फलाँखु खोला)

रसुवा जिल्ला वागमती प्रदेश अन्तर्गत पर्दछ।

प्रशासनिक संरचना

नेपालको संविधान २०७२ अनुसार, रसुवा जिल्ला:

  • निर्वाचन क्षेत्र:
  • प्रदेश सभा:
  • गाउँपालिका:
  • वडा: २७

मुख्य गाउँपालिका विवरण

गाउँपालिकावडा संख्याप्रदेश सभा अन्तर्गत
नौकुण्ड‘क’
गोसाइँकुण्ड‘क’
कालिका१–३: ‘ख’, ४–५: ‘क’
उत्तरगया‘ख’
आमाछोदिङ्‌मो‘ख’

टिप्पणी: आमाछोदिङ्‌मो गाउँपालिकाको नाम स्थानीय भाषाबाट अनुवाद गरी राखिएको हो: पार्वती → आमा, कुण्ड → छोदिङ्‌मो

प्राकृतिक र पर्यटकीय विशेषता

रसुवा जिल्लामा रहेका आकर्षणहरू:

  • लाङटाङ हिमाल – नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्य
  • गोसाइँकुण्ड – विश्व रामसार सूचिमा सूचिकृत धार्मिक स्थल
  • तालतलैया र झरना – प्रकृतिको अनुपम सौन्दर्य
  • वनस्पति र वन्यजन्तु विविधता – जैविक दृष्टिले धनी
  • जलविद्युत आयोजना – निर्मित र निर्माणाधिन

भौगोलिक वर्गीकरण

रसुवा जिल्लालाई भौगोलिक रूपमा तीन प्रमुख भागमा बाँडिएको छ:

1. हिमाली क्षेत्र

  • लाङटाङ हिमाल, गणेश हिमाल, लाङटाङ लिरूङ, यालापिक
  • सधैं हिउँ जमिरहने पर्वत श्रृङ्खला

2. लेकाली क्षेत्र

  • लाङटाङ, क्यान्जिङ, घोडातबेला, गोसाइँकुण्ड, लौरीविनायक
  • उच्च पहाडी क्षेत्र (२५०० मिटर भन्दा माथि)

3. पहाडी/बेंशी क्षेत्र

  • मानव वस्ती र कृषियोग्य जमिनयुक्त क्षेत्र
  • २५०० मिटरभन्दा मुनीका भूभाग

मौसम र जलवायु

  • १९०० मिटर भन्दा माथिका क्षेत्र: चिसो
  • बेत्रावती (७१४ मिटर आसपास): केही उष्णता
  • बीचका भूभाग: जाडोमा नराम्रो जाडो, गर्मीमा न धेरै गर्मी

रसुवा – विविधताले भरिपूर्ण

यस हिमाली जिल्लामा ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय, र जैविक विविधता प्रशस्तै छ। सुनसान हिमालदेखि हरियाली लेकाली भूभागसम्म रसुवा प्रकृतिप्रेमी र साहसिक यात्रुहरूको लागि स्वर्ग हो। 🌿🏔️