Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

जलेश्वर महादेव मन्दिर

📌 प्रकार: धार्मिक स्थल, पर्यटकीय स्थल, प्राकृतिक दृश्यावलोकन, मठ-मन्दिर 📅 प्रकाशित: २०८३ साउन १७ 🏛️ स्थानीय तह: कालिका गाउँपालिका
Slider Image

जलेश्वर महादेव

यस मन्दिरको उत्पत्तिबारे एक रोचक स्थानीय कथन छ। एक स्थानीय बासिन्दाको गाई सधैं दुहुने बेलामा हराउने गरेछ र खोजी गर्दै जाँदा हाल महादेव मानिएको शिलामा दुध चढाइरहेको अवस्थामा भेटिएछ । त्यसपछि उक्त शिलामा दैवी शक्ति रहेको विश्वास गरी पूजाआजा गर्न थालिएको स्थानीय भनाइ छ । यसरी यो स्थान क्रमशः पूजास्थलको रूपमा विकास भएको हो ।

स्थान र नामकरण

रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नम्बर ५, जिबजिबेमा अवस्थित यो मन्दिर स्थानीयहरूले ‘थुम्कीका महादेव’ भनेर चिन्दछन् भने जलेश्वर महादेव तथा नीलकण्ठ महादेव नामले समेत परिचित छ। पासाङल्हामु राजमार्गको कालिकास्थान–घुम्तीबाट १.७ किलोमिटर पूर्व जिबजिबे बजार नजिकैको भञ्ज्याङबाट माथि उठेको एउटा थुम्का (टाकुरा) मा अवस्थित भएकाले यसलाई ‘थुम्कीका महादेव’ भनिएको हो। सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि समेत उपयुक्त मानिने यस स्थलको रमणीय वातावरणले भक्तजन तथा पर्यटक दुवैलाई आकर्षित गर्दछ।

उत्पत्ति सम्बन्धी किंवदन्ती

यस मन्दिरको उत्पत्तिबारे एक रोचक स्थानीय कथन छ। एक स्थानीय बासिन्दाको गाई सधैं दुहुने बेलामा हराउने गरेछ र खोजी गर्दै जाँदा हाल महादेव मानिएको शिलामा दुध चढाइरहेको अवस्थामा भेटिएछ । त्यसपछि उक्त शिलामा दैवी शक्ति रहेको विश्वास गरी पूजाआजा गर्न थालिएको स्थानीय भनाइ छ । यसरी यो स्थान क्रमशः पूजास्थलको रूपमा विकास भएको हो ।

धार्मिक महत्व तथा मेलाको परम्परा

धार्मिक कथनअनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ एक रात बास बसेर गएका थिए भन्ने मान्यता पनि रहेको छ । यसैले यस स्थानको धार्मिक महत्व झनै बढेको हो । विशेष गरी बालाचतुर्दशी को अवसरमा यहाँ मेला लाग्ने गर्दछ र शतबीज छर्ने पर्व पनि मनाइन्छ । स्थानीय तथा पूर्व प्रधानपञ्च स्वर्गीय चुडामणि पौडेलको अगुवाइमा यहाँ मेला आयोजना गर्न थालिएको हो, जसले यस स्थानलाई धार्मिक सभाको केन्द्र बनाएको छ।

तीर्थयात्रीको आवागमन र वर्तमान अवस्था

पछिल्लो समय यस क्षेत्रमा स्थानीयहरूको मात्र सहभागिता देखिए पनि केही वर्ष अघिसम्म नुवाकोटका मनकामना, फिकुरी, तादी, तुप्चे, मभीर, कुवापानी, गेर्खु, चोकदेल लगायतका क्षेत्रबाट समेत तीर्थयात्रीहरू आउने गर्थे । तर अहिले त्यो संख्या घटेको छ । उचित प्रचारप्रसार र पूर्वाधार विकासको अभावले गर्दा यस मन्दिरको सम्भावना पूर्णरूपमा उपयोग हुन नसकेको स्थानीयको गुनासो छ । पछिल्लो समय यस मन्दिर पुननिर्माण भईरहेको छ भने धार्मिक र पर्यटकीय आस्था विकासका लागि शिवजीको अग्लो प्रतिमा पनि राखिएको छ ।

पहुँच र पर्यटकीय सम्भावना

पासाङल्हामु राजमार्गको मुख्य सडकबाट केवल १.७ किलोमिटर को दूरीमा पर्ने यस मन्दिर पुग्न कुनै कठिन यात्रा गर्नुपर्दैन । थुम्कीमा अवस्थित भएकाले यहाँबाट चारैतिरको मनोरम पहाडी दृश्य, सूर्योदय–सूर्यास्त को अवलोकन गर्न पाइन्छ । यदि स्थानीय निकाय र गाउँपालिकाले मन्दिरको पहुँच मार्ग स्तरोन्नति, खानेपानी, विद्युत्, पार्किङ र ऐतिहासिक जानकारी राख्ने सूचना पाटी जस्ता पूर्वाधार निर्माणमा ध्यान दिने हो भने यो मन्दिर आन्तरिक पर्यटक तथा तीर्थयात्रीको आकर्षणको गन्तव्य बन्न सक्छ । साथै, बालाचतुर्दशीको मेलालाई व्यवस्थित गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने हो भने यसले स्थानीय अर्थतन्त्रमा समेत टेवा पुर्‍याउने निश्चित छ ।

आकर्षण (किन जाने) ?

  • धार्मिक महत्व, मनोंकाञ्छा पुरा हुने
  • वरपर अन्य देवी देवताहरूको मन्दिर
  • सूर्योदय र सूर्यास्त दृश्यावलोकन
  • धरातलीय विषमता
  • न जाडो न गर्मी क्षेत्र
  • यस मन्दिर वरपर अन्य ऐतिहाँसिक र धार्मिक स्थलहरू
  • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र
  • सातधारे, नौकुण्ड क्षेत्र, फिकुरी लेक आदिको अवलोकन
  • होटल, लज, होमस्टे र खानाको व्यवस्था भएको क्षेत्र

🗺️ स्थानमा पुग्न सकिने मार्गहरूको विवरण

कसरी पुग्ने ?

कालिका गाउँपालिका वडा नं ५ (साबिक धैबुङ ८) मा रहेको यस मन्दिरमा काठमाण्डौंबाट पासाङल्हामु राजमार्गको कालिकास्थान (घुम्ती)  हुँदै पूर्वपट्टि रहेको जिबजिबे बजारबाट केही दक्षिणतर्फबाट भञ्ज्याङ हुँदै जान सकिन्छ ।

🎬 सम्बन्धित भिडियोहरू

गाउँपालिकाको डकुमेन्ट्री

यस परिसरमा भएको कार्यक्रम

📚 सन्दर्भ स्रोतहरू

कुनै सन्दर्भ स्रोत उपलब्ध छैन।

🗺️ स्थानको पूर्ण नक्सा (स्याटेलाइट)

Our Rasuwa Admin

Our Rasuwa Admin

info@ourrasuwa.com ।
https://ourrasuwa.com

लेखकका सबै लेखहरू हेर्नुहोस् →

📍 नजिकका गन्तव्यहरू

सबै हेर्नुहोस् →

🏛️ कालिका गाउँपालिका अन्तर्गतका गन्तव्यहरू

सबै हेर्नुहोस् →

🏛️ स्थानीय तहहरू:

🏙️ गाउँ / शहरहरू:

🛣️ टोल / चोकहरू:

🏷️ सबै ट्यागहरू:

⭐ मूल्याङ्कन (Rating) र टिप्पणी (Comments)

यो गन्तव्यलाई रेट गर्नुहोस्:
1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *