Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

गणेशकुण्ड

📌 प्रकार: ताल तलैया, धार्मिक स्थल, पर्यटकीय स्थल 📅 प्रकाशित: २०८३ भदौ ४ 🏛️ स्थानीय तह: गोसाइँकुण्ड गाउँपालिका
Slider Image

रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका-०५, मा रहेको गणेशकुण्डको गुगल म्याप तस्वीर

गणेशकुण्ड : गोसाइँकुण्डको पुत्र, पवित्र परिवारको तीर्थ

गणेशकुण्ड गोसाइँकुण्डको पुत्र को प्रतीक मात्र होइन — यो शिव परिवारको पवित्र तीर्थ को अभिन्न अंग हो। पिता गोसाइँकुण्ड, माता पार्वतीकुण्ड,  पुत्र गणेशकुण्ड-  यी तीन कुण्डहरू मिलेर हिन्दू धर्मको अद्भुत आध्यात्मिक परिवार को प्रतिनिधित्व गर्छन्। यद्यपि आवास र खानाको अभाव का कारण यस कुण्डमा तीर्थयात्रुहरूको आवागमन कम छ, यसको धार्मिक, पौराणिक र पर्यटकीय महत्त्व अत्यन्तै उच्च छ। यदि स्थानीय सरकार र समुदायले आधारभूत पूर्वाधार (आवास, खाना, पदमार्ग सुधार) को व्यवस्था गर्न सके — भने गणेशकुण्ड गोसाइँकुण्ड क्षेत्रको अर्को प्रमुख धार्मिक–पर्यटकीय गन्तव्य बन्न सक्छ। यो हाम्रो धार्मिक सम्पदाको अमूल्य निधि हो, जसको संरक्षण र प्रचारप्रसार आजको आवश्यकता हो।

परिचय : १०८ कुण्डको अंश, प्रचार र  पूर्वाधारको कमीले गर्तीदा ओझेलमा परेको तीर्थ

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ मा अवस्थित गणेशकुण्ड — यो हिमाली ताल १०८ कुण्डको श्रृंखलाको एक अभिन्न अंग हो। गोसाइँकुण्डदेखि उत्तर–पश्चिम मा अवस्थित यो कुण्ड यति गहिरो छ कि परिसरबाट कुण्डको निकास नदेखिए पनि, केही तल झरेपछि लाङटाङ पदमार्गको लामाहोटल (चामडोल) को पारिपट्टि लाङटाङ खोलामा यसको पानीको धारा देख्न सकिन्छ।

गोसाइँकुण्डबाट करीव १०–१२ घण्टाको कठिन पैदल यात्रा पछि मात्र पुगिने यस कुण्डमा आवास र खानाको अभाव का कारण तीर्थयात्रुहरूको आवागमन न्यून छ। त्यसैले प्रायः मानिसहरूलाई यस कुण्डको बारेमा थाहा नै छैन

तर चलनचल्तीमा गोसाइँकुण्ड भन्दा केही माथि सूर्यकुण्ड तर्फ रहेको एक कुण्डलाई गणेश कुण्ड भनेर भनिए पनि वास्तवमा गणेशकुण्ड होईन ।


परिवारको आध्यात्मिक चित्र : शिव पिता (गोसाइँकुण्ड), पार्वती माता – पार्वतीकुण्ड), गणेश–पुत्र

गोसाइँकुण्ड क्षेत्रका कुण्डहरूको पौराणिक परिवार नै एक रोचक आध्यात्मिक चित्र हो। सत्ययुगमा समुद्र मथन बाट निस्किएको हलाहल (कालकुट) विष ले विश्व नै संकटमा पर्यो। पृथ्वीको रक्षाका लागि भगवान शिव ले त्यो विष निल्नुभयो — तर त्यसको प्रचण्ड डाहा ले उहाँको गला नीलो भयो (नीलकण्ठ)। शान्तिको खोजीमा शिव निलाद्री पर्वत मा आए र त्रिशूल ले पहाडमा हानेर पानी निकाले। त्यसै पानीबाट गोसाइँकुण्ड को उत्पत्ति भयो

यही पौराणिक कथासँग जोडिएर गणेशकुण्ड पनि त्यसै समयमा उत्पत्ति भएको विश्वास गरिन्छ। गणेश भगवान शिवका पुत्र हुन् — र यस दृष्टिले गणेशकुण्ड लाई गोसाइँकुण्डको पुत्र को प्रतीक मानिन्छ। पौराणिक परिवारको यो चित्र यसरी पूरा हुन्छ :

पिता : गोसाइँकुण्ड — भगवान शिवको प्रतीक
माता : पार्वतीकुण्ड — देवी पार्वतीको प्रतीक
पुत्र  : गणेशकुण्ड — भगवान गणेशको प्रतीक
यसरी यी तीन कुण्डहरू मिलेर शिव परिवारको पवित्र तीर्थ को रूपमा स्थापित छन् — जहाँ पिता, माता, र  पुत्र गणेश सदाका लागि यस हिमाली क्षेत्रमा विराजमान छन्।

निष्कर्ष : परिवारको तीर्थ, अमूल्य सम्पदा

गणेशकुण्ड गोसाइँकुण्डको पुत्र को प्रतीक मात्र होइन — यो शिव परिवारको पवित्र तीर्थ को अभिन्न अंग हो। पिता गोसाइँकुण्ड, माता पार्वतीकुण्ड,  पुत्र गणेशकुण्ड-  यी तीन कुण्डहरू मिलेर हिन्दू धर्मको अद्भुत आध्यात्मिक परिवार को प्रतिनिधित्व गर्छन्।

यद्यपि आवास र खानाको अभाव का कारण यस कुण्डमा तीर्थयात्रुहरूको आवागमन कम छ, यसको धार्मिक, पौराणिक र पर्यटकीय महत्त्व अत्यन्तै उच्च छ। यदि स्थानीय सरकार र समुदायले आधारभूत पूर्वाधार (आवास, खाना, पदमार्ग सुधार) को व्यवस्था गर्न सके — भने गणेशकुण्ड गोसाइँकुण्ड क्षेत्रको अर्को प्रमुख धार्मिक–पर्यटकीय गन्तव्य बन्न सक्छ। यो हाम्रो धार्मिक सम्पदाको अमूल्य निधि हो, जसको संरक्षण र प्रचारप्रसार आजको आवश्यकता हो।

वरपरका आकर्षणहरू : हिमाल, ताल, र प्रकृतिको रमणीयता

गणेशकुण्ड क्षेत्रमा यात्रुहरूले अवलोकन गर्न सक्ने प्रमुख आकर्षणहरू :

  • रमणीय हिमशृंखलाहरू — वरपरका हिमाली चुचुराहरूको अविस्मरणीय दृश्य

  • अन्य पवित्र तालहरूसरस्वतीकुण्ड, भैरव कुण्ड, सूर्यकुण्ड लगायत १०८ कुण्डको श्रृंखला

  • खहरेको मनोरम दृश्य — पहाडी खोल्साहरूको सुन्दरता

  • सूर्योदय र सूर्यास्त — हिमालको काखमा उदाउँदो र अस्ताउँदो सूर्यको अप्रतिम छटा

🗺️ स्थानमा पुग्न सकिने मार्गहरूको विवरण

कसरी पुग्ने गणेशकुण्ड ?

आधार बिन्दु : गोसाइँकुण्ड

  • मार्ग : गोसाइँकुण्डबाट उत्तर–पश्चिम तर्फ रहेको भ्यू प्वाइन्ट बाट पैदल यात्रा

  • दूरी : करिब ८–९ घण्टा को पैदल यात्रा

  • सावधानी : उच्च हिमाली क्षेत्र भएकोले चिसो, हावापानी, र उचाईको असर प्रति सचेत रहनु आवश्यक। आवास र खानाको पूर्व व्यवस्था गरेर मात्र यात्रा गर्नु उपयुक्त हुन्छ

🎬 सम्बन्धित भिडियोहरू

कुनै भिडियो उपलब्ध छैन।

📚 सन्दर्भ स्रोतहरू

कुनै सन्दर्भ स्रोत उपलब्ध छैन।

🗺️ स्थानको पूर्ण नक्सा (स्याटेलाइट)

प्रेमप्रसाद पौडेल

प्रेमप्रसाद पौडेल

Our Rasuwa Founder

लेखकका सबै लेखहरू हेर्नुहोस् →

📍 नजिकका गन्तव्यहरू

सबै हेर्नुहोस् →

🏛️ गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतका गन्तव्यहरू

सबै हेर्नुहोस् →

🏛️ स्थानीय तहहरू:

🏷️ सबै ट्यागहरू:

⭐ मूल्याङ्कन (Rating) र टिप्पणी (Comments)

यो गन्तव्यलाई रेट गर्नुहोस्:
1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *