Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

धैबुङ कोतघर

📌 प्रकार: ऐतिहाँसिक स्थल 📅 प्रकाशित: २०८३ भदौ २ 🏛️ स्थानीय तह: कालिका गाउँपालिका
अवशेष नरहेको

अवशेष नरहेको

धैबुङ कोतघर रहेको स्थानको गुगल म्याप

धैबुङ कोतघर ऐतिहासिक तर अवशेष नरहेको

“धैबुङ” नामको उत्पत्ति पनि यसै कोतघरसँग जोडिएको छ। गोसाइँकुण्ड जाने तीर्थयात्रीहरूलाई यहाँ दही–धुम (दही र चिउरा) खुवाएर स्वागत गर्ने परम्परा थियो। यही “दही–धुम” शब्द विस्तारै रूपान्तरण हुँदै “धैबुङ” बनेको स्थानीय विश्वास छ। कोतघरको नामबाट नै गाउँको नामाकरण भएको हो — र आज यो नामले सम्पूर्ण क्षेत्रको पहिचान बोकेको छ।

धैबुङ कोतघर : इतिहासको साक्षी, भग्नावशेषभन्दा परको पहिचान

रसुवाको कालिका गाउँपालिका–२ मा थियो भनिएको धैबुङ कोतघर आफैंमा एउटा इतिहास हो — जसको भौतिक संरचना भग्नावशेषमा परिणत भए पनि यसको स्मृति, महत्व र पहिचान आज पनि उत्तिकै जीवन्त छ ।

नेपाल–चीन युद्ध र कालिका माईको चमत्कार

धैबुङ क्षेत्रको अर्को रोचक किंवदन्ती — नेपाल–चीन युद्धका क्रममा तिब्बती/चिनियाँ सेनाले धैबुङ कालिका मन्दिर कब्जा गरी गाई र गोरूको बली चढाएर विजय उत्सव मनाएका थिए। त्यसपछि देवी क्रुद्ध भई चट्याङ, असिनापानी र हावाहुरी झरेको र ठूलो संख्यामा चिनियाँ सेना मारिएको वा त्रिशूलीमा बगेको जनविश्वास छ। त्यसै बेलादेखि कालिका मन्दिर वा कालिका माईको शक्ति स्थापित भएको मानिन्छ

 


नेपाल–चीन युद्धको रणनीतिक केन्द्र

धैबुङ कोतघरको ऐतिहासिक महत्व नेपाल–चीन (नेपाल–तिब्बत) युद्ध सँग गाँसिएको छ। वि.सं. १८११ (सन् १७५४) तिरको दोस्रो नेपाल–चीन युद्धका क्रममा चिनियाँ फौज धैबुङसम्म आइपुगेका थिए। गोरखा राजाका सेनापतिहरूले धैबुङमा ठूलो सेना तैनाथ गरेका थिए, र यही कोतघर युद्ध व्यवस्थापनको मुख्य केन्द्र बनेको थियो

त्यतिबेला नेपाली सेना र चिनियाँ सेना बीच बेत्रावती नदीको किनारमा प्रचण्ड युद्ध भएको थियो। चिनियाँ सेनाले धैबुङ/काभ्रेमा किल्ला बनाएर रणनीतिक अडान लिएको थियो भने, नेपाली सेनाले धैबुङलाई नै मुख्य चौकीको रूपमा प्रस्ताव गरेको इतिहास छ। अमर सिंह थापालाई फिर्ता बोलाउने शाही आदेश मा समेत “चिनियाँ र फोट्याहरू धैबुङमा आइपुगेका छन्” भनी उल्लेख छ — जसले यस स्थानको रणनीतिक महत्व प्रमाणित गर्छ।


धैबुङ : नामकरणको रोचक कथा

“धैबुङ” नामको उत्पत्ति पनि यसै कोतघरसँग जोडिएको छ। </span><strong><span class="">गोसाइँकुण्ड जाने तीर्थयात्रीहरूलाई यहाँ दही–घुम (दही र चिउरा) खुवाएर स्वागत गर्ने परम्परा थियो। यही “दही–घुम” शब्द विस्तारै रूपान्तरण हुँदै “धैबुङ” बनेको स्थानीय विश्वास छ। कोतघरको नामबाट नै गाउँको नामाकरण र पछि गएर धैबुङ गाउँविकास समिति समेत् बनेको थियो । र आज यो नामले सम्पूर्ण क्षेत्रको पहिचान बोकेको छ। इतिहास अनुसार बेत्रावतीदेखि माथि राम्चे, लोकिल, किमारजोङसम्मको पानीढलो डाँडो नै धैबुङ हो भनिएको छ ।

ऐतिहासिक दस्तावेजहरूअनुसार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको समयमा युद्धमा विजय प्राप्तिको कामनासाथ पृथ्वीनारायण शाहले धैबुङमा बस्ने सिद्ध योगी अगस्तिबाट खड्गसिद्धि प्राप्त गरेका थिए। सोही उपलब्धिको कृतज्ञतास्वरूप उनले अगस्तिलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीका रूपमा बिर्ता दिएका थिए। ती नै सिद्ध योगीले आफ्नी धर्मचेली गौरादेवीलाई कुश बिर्ता प्रदान गरेका थिए।

गौरादेवीले बेत्रावतीमा राममन्दिर बनाई नियमित पूजापाठ गर्ने र बेत्रावतीको माथिल्लो भाग माझगाउँमा पौवाघर  निर्माण गरी गोसाइँकुण्ड आउजाउ गर्ने तीर्थयात्रीहरूलाई सातु–सामलको व्यवस्था मिलाउने शर्तमा धैबुङ गाउँ गुठीका रूपमा प्राप्त गरेकी थिइन्।

 


कोतघरको वर्तमान : अवशेष विहीन, तर स्मृति अमर

दुर्भाग्यवश, धैबुङ कोतघरको मूल संरचना आज अवशेषविहीन भइसकेको छ। पासाङल्हामु राजमार्गको कालिकास्थान–च्यूरीबोट नजिकै जस्ताघरेको घर रहेको स्थानमा यो कोतघर थियो भन्ने मान्यता छ। भौतिक अवशेष नरहे पनि, यस स्थानले स्थानीयवासीको स्मृतिमा आफ्नो ऐतिहासिक महत्व कायम राखेको छ।

यदि यहाँ सूचना केन्द्र, संग्रहालय, प्रतिमा वा साइन बोर्ड मात्रै भए पनि राख्न सकियो भने — यसको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने निश्चित छ। एउटा साधारण सूचना पाटीले पनि आउने यात्रुलाई “यहाँ इतिहास बनेको थियो” भन्ने अनुभूति दिलाउन सक्छ।

धैबुङ क्षेत्रका मुख्य आकर्षणहरू (किन जाने ?)

क्रम आकर्षण विशेषता
ऐतिहासिक कोतघर स्थल नेपाल–चीन युद्धको साक्षी, भग्नावशेषविहीन तर स्मृतिमा जीवित
धैबुङ कालिका मन्दिर उत्तर कालिकाको नामले प्रसिद्ध शक्तिपीठ
घलेगढी, कमेरेगढी वरपरका अन्य ऐतिहासिक गढीहरू
थुम्कीका महादेव मन्दिर
जलेश्वर महादेव मन्दिर
स्थानीय आस्थाको केन्द्र
लाङटाङ राष्ट्रिय निकुञ्ज हिमाल, वन्यजन्तु र जैविक विविधताको प्रवेशद्वार
गणेश हिमाल, सातधारे, नौकुण्ड क्षेत्र हिमशृंखलाको मनोरम दृश्य
फिकुरी लेक, भाङ्‍गे  झरना प्राकृतिक रमणीयता
सूर्योदय र सूर्यास्त दृश्यावलोकन बिहान–बेलुकाको अप्रतिम छटा
धरातलीय विषमता : न जाडो न गर्मी जाडोमा तुषारो नपर्ने, गर्मीमा हिमाली शीतल हावा

🗺️ स्थानमा पुग्न सकिने मार्गहरूको विवरण

कसरी पुग्ने धैबुङ कोतघर रहेको स्थानमा ?

धैबुङ कोतघर पासाङल्हामु राजमार्ग को नजिकै अवस्थित छ:

  • काठमाडौंबाट : करिब ९४–९५ किलोमिटर

  • मुख्य मार्ग : काठमाडौं → गल्छी → थानकोट → बेत्रावती → कालिकास्थान / च्यूरीबोट → धैबुङ

  • स्थानीय पहुँच : कालिका बजारदेखि ५ मिनेटको पैदल यात्रा मा कालिका मन्दिर, र त्यही वरपर कोतघरको ऐतिहासिक स्थल

  • यातायात : सार्वजनिक बस/जीपबाट 

🎬 सम्बन्धित भिडियोहरू

कुनै भिडियो उपलब्ध छैन।

📚 सन्दर्भ स्रोतहरू

सुवास आचार्य- गोसाइँकुण्ड, प्रकृति र इतिहाँस

RasuwaNepal.Com.Np 🔗

https://www.rasuwanepal.com.np/2023/08/dhaibung-kot-ghar-rasuwa.html

🗺️ स्थानको पूर्ण नक्सा (स्याटेलाइट)

प्रेमप्रसाद पौडेल

प्रेमप्रसाद पौडेल

Our Rasuwa Founder

लेखकका सबै लेखहरू हेर्नुहोस् →

📍 नजिकका गन्तव्यहरू

सबै हेर्नुहोस् →

🏛️ कालिका गाउँपालिका अन्तर्गतका गन्तव्यहरू

सबै हेर्नुहोस् →

📌 सबै प्रकारहरू:

🏛️ स्थानीय तहहरू:

🏙️ गाउँ / शहरहरू:

🏷️ सबै ट्यागहरू:

⭐ मूल्याङ्कन (Rating) र टिप्पणी (Comments)

यो गन्तव्यलाई रेट गर्नुहोस्:
1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *