Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

धार्मिक आस्था, जैविक विविधता र पर्यटकीय गन्तव्य : गोसाइँकुण्ड

प्रेमप्रसाद पौडेल

प्रेमप्रसाद पौडेल

📧 paudelprem@gmail.com

Our Rasuwa Founder

⭐ हाइलाइट

🌍 संरक्षणको आवश्यकता : गोसाइँकुण्ड जस्ता प्राकृतिक सम्पदाको संरक्षण भए मात्र रसुवाको विकास सुनिश्चित हुने र विश्व सम्पदा सूची वा रामसार क्षेत्रमा सूचिकृत भएको पनि सार्थक हुन्छ । महत्वमा विविधता रहेको गोसाइँकुण्डको संरक्षण, प्रचारप्रसार र विकासका लागि सबैले हातेमालो गर्दै धार्मिक हिसाबले वर्षको दुईपटक लाग्दै आएको मेलाको उचित व्यवस्थापन गर्नु अत्यन्त आवश्यक छ ।

- पौराणिक कथनको विश्वासको आधारमा एकसय आठ कुण्ड मध्येका विभिन्न कुण्डहरू यत्रतत्र छरिएर रहेका छन् । गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, दुधकुण्ड, सूर्यकुण्डलगायतका कुण्डहरू प्रख्यात छन् ।

📚 लेखका विषयवस्तुहरू

विषय प्रवेश

🏔️
🌊
⛰️
🕉️
☯️

🕉️ गोसाइँकुण्ड

धार्मिक आस्था · जैविक विविधता · पर्यटकीय गन्तव्य

गोसाइँकुण्ड, रसुवा

🏔️ गोसाइँकुण्ड — पवित्र ताल
📍 गोसाइँकुण्ड · लाङटाङ राष्ट्रिय निकुञ्ज · रसुवा, नेपाल

त्रिशूलधाराको निर्मल जल, सोही जलको सम्मिश्रण शंकरको बासस्थान गोसाइँकुण्डको दृश्यले सबैलाई लालायित बनाउँछ । एकातिर शिवलाई पाउन धेरै भक्तजन त अर्कोतिर मनमोहक दृश्यावलोकनमा आउने पर्यटक सबैको लागि उपयुक्त गन्तव्य बनेको छ यो कुण्ड ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको गोसाइँकुण्डले विविध महत्व बोकेको छ । सोही विविधताभित्र गोसाइँकुण्ड सबैका लागि विश्वासको केन्द्रविन्दु बनेको छ । सत्य युगमा देवता दानवको सागर मथनबाट निस्केको कालकूट विष खाएर दहन गर्न नसकी यहाँ आएका भगवान शिवले रिसाएर त्रिशूलले भूमिमा खोप्दा त्रिशूल धाराको उत्पत्ति भई त्यहीबाट बगेको पानी जमेर गोसाइँकुण्डको उत्पत्ति भएको पौराणिक कथन छ । सोही कथन अनुसार धार्मिक दृष्टिकोणले गोसाइँकुण्ड अग्रस्थानमा छ ।

“अमरसिंह थापा नेपाली इतिहासका एक उदाहरणीय पात्रको देहवसान र 'अमरसिंह गुफा' गोसाइँकुण्डमा रहनुले महत्वमा विविधता थपिएको छ ।”

गोसाइँकुण्ड क्षेत्र वरपरका तामाङ समुदायको भेषभूषा तथा संस्कृति पनि यस क्षेत्रका आकर्षाहरू हुन् । तामाङ संस्कृति अनुसारका विभिन्न नाँचहरूले सांस्कृतिक महत्व पाएको छ । यिनै धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वभित्र नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको महत्व दिनानुदिन बढ्दै गइरहेको छ ।

🌿 पर्यटकीय महत्व : गोसाइँकुण्ड मात्र नभई हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गका क्षेत्रहरूलाई समेट्छ । यी अरु क्षेत्रमा पनि ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व पनि त्यत्तिकै छन् ।

पौराणिक कथनको विश्वासको आधारमा एकसय आठ कुण्ड मध्येका विभिन्न कुण्डहरू यत्रतत्र छरिएर रहेका छन् । गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, दुधकुण्ड, सूर्यकुण्डलगायतका कुण्डहरू प्रख्यात रहेको छ भने विविध महत्वका बीचमा रहेको गतलाङको पार्वतीकुण्ड, टिमुरेको रिभरकुण्ड, बृद्धिमको दुधकुण्ड अझै कुहिरोभित्रको काग बनिरहेका छन् ।

⚠️ चुनौती : कुहिरोभित्र काग हराएझैं सम्पदा मात्र हराएका छैनन्, त्यहाँबाट आउने आर्थिक उपार्जन पनि हराइरहेका छन् । कतिपय कुण्ड संरक्षण अभावमा जलवायु परिवर्तनको असरले लोप हुनसक्ने अवस्थामा रहेका छन् ।

पछिल्ला समयमा बोझोद्वारा पुरिन लागेको पार्वतीकुण्डको संरक्षणका नवीन आवाजहरू पनि आउन थालेका छन् । तर, चुनौतिपूर्ण विषयहरू छन् ती खालका कुण्डको संरक्षणार्थ । एक त औषधीजन्य बोझोको बासस्थान रहेको छ, अर्को त धार्मिक विश्वास अनुसार कुण्डमा खन्न नहुने । जैविक विविधताको संरक्षणमा विश्वास राख्दा कुण्डको वरिपरिका वनस्पतिको संरक्षण अपरिहार्य छ । तर, ध्रुबसत्य कुरा कुण्डको संरक्षण विना ती वनस्पतिको पनि संरक्षण सुनिश्चित हुँदैन । त्यसैले दुबै संरक्षणलाई ध्यानमा राखी संरक्षणमा इमान्दार प्रयासको खाँचो छ ।

“गोसाइँकुण्ड जस्ता तालहरू फुट्ने नभई सुक्न सक्छ । नजिकै ठूलाठूला हिमाल भएको ठाउँमा हिमताल फुट्न सक्छ भने हिमाल नभएका ठाउँमा तालहरू सुक्न सक्छन् । गोसाइँकुण्डको वातावरण त्यति नबिग्रिएको कारण तत्काल नै संरक्षणका लागि ध्यान दिनसके खतरामुक्त हुनेछ ।”

वरिपरिका वन्यजन्तु र प्राकृतिक स्रोत (जैविक विविधता) जोगाउँदै गोसाइँकुण्डको संरक्षण गर्नको लागि सन् २००६ को सेप्टेम्बर २२ मा विश्व सम्पदा सूची (रामसार क्षेत्र) मा सूचिकृत भएर अझ यस क्षेत्रले महत्वपूर्ण स्थान ओगटिरहेको छ । हाल कार्यान्वयनमा रहेको गोसाइँकुण्ड क्षेत्र व्यवस्थापन योजनाले धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वलाई संरक्षण, विकास र प्रचारप्रसारमा सहयोग पुर्‍याउँदछ ।

🌊 प्रमुख कुण्डहरू

  • गोसाइँकुण्ड
  • भैरवकुण्ड
  • सरस्वतीकुण्ड
  • गणेशकुण्ड
  • दुधकुण्ड
  • सूर्यकुण्ड

🏔️ विशेषता

  • ✅ रामसार क्षेत्र (सन् २००६)
  • ✅ लाङटाङ राष्ट्रिय निकुञ्ज
  • ✅ धार्मिक (शिवस्थान)
  • ✅ जैविक विविधता
  • ✅ तामाङ संस्कृति

ताल नरहे धार्मिक महत्व र वनस्पति, वन्यजन्तुको संरक्षण नभए पर्यटकीय महत्व घट्दै जान्छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेकोले हिमताल सुक्ने र फुट्ने हुनसक्छ । छो रोल्पा ताल फुट्ने खतरामा रहेको हामीले सुनेका छौं ।

💰 आर्थिक महत्व : धार्मिक, जैविक विविधता, ऐतिहासिक, पर्यटकीय र सांस्कृतिक महत्वसँगसँगै गोसाइँकुण्ड क्षेत्रमा आर्थिक महत्व पनि त्यत्तिकै छ । तीर्थालु र पर्यटकहरूबाट यहाँ बास र गास वापतको रकम, गोसाइँकुण्ड क्षेत्र सुधारका लागि दिइएको चन्दा र विदेशी पर्यटकले ट्रेकिङ शुल्क वापतको रकम आर्थिक क्षेत्र विकासका लागि उल्लेखनीय माध्यम हुन् ।

यही क्षेत्रमा आएका विदेशी पर्यटकले छात्रवृत्ति दिएर यहाँका धेरै बालबालिकाले गुणस्तरीय शिक्षा पाइराखेका छन् । यही क्षेत्रबाट प्रत्यक्ष लाभ लिने धेरै स्थानीयहरूको उन्नती भएको पाइन्छ । पर्यटकीय क्षेत्र भएका कारण स्पोन्सर पाएर विदेशमा आफ्ना क्यारियर बनाउने संख्या पनि उल्लेख्य रहेको पाइन्छ ।

जीविकोपार्जनमा प्रत्यक्ष प्रभाव पुर्‍याउने गोसाइँकुण्ड क्षेत्रको संरक्षण साथसाथै वरिपरिका अन्य सम्पदा जस्तै वन, दुर्लभ वन्यजन्तु, चराचुरूङ्गीको संरक्षण गरी आर्थिक विकासको मार्गमा जानु अपरिहार्य रहेको छ । यस क्षेत्रको विकासमा यहाँकै जनता जो हिजोदेखि प्रत्यक्ष लाभान्वित छन् र जो भोलिका पनि उपभोक्ता हुन्, त्यस्ता रसुवालीहरूको साझा दायित्व हो ।

🌍 संरक्षणको आवश्यकता : गोसाइँकुण्ड जस्ता प्राकृतिक सम्पदाको संरक्षण भए मात्र रसुवाको विकास सुनिश्चित हुने र विश्व सम्पदा सूची वा रामसार क्षेत्रमा सूचिकृत भएको पनि सार्थक हुन्छ । महत्वमा विविधता रहेको गोसाइँकुण्डको संरक्षण, प्रचारप्रसार र विकासका लागि सबैले हातेमालो गर्दै धार्मिक हिसाबले वर्षो दुईपटक लाग्दै आएको मेलाको उचित व्यवस्थापन गर्नु अत्यन्त आवश्यक छ ।

📚 स्रोत :

premprasadpaudel.blogspot.com

🕉️ गोसाइँकुण्ड — धार्मिक आस्था, जैविक विविधता र पर्यटकीय गन्तव्य

📍 लाङटाङ राष्ट्रिय निकुञ्ज · रसुवा, नेपाल

👤 यस लेखकका अन्य लेखहरू — तेर्सोमा शीर्षक मात्र

🔗 सम्बन्धित अन्य लेखहरू — तेर्सोमा शीर्षक मात्र

📂 सबै प्रकारहरू — प्रकाशित लेख संख्यासहित

🏷️ सबै ट्यागहरू — प्रकाशित लेख संख्यासहित

⭐ रेटिङ: ★★★★★ (0 समीक्षाहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *