Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

बेत्रगंगा धाम

📌 प्रकार: ऐतिहाँसिक स्थल, धार्मिक स्थल, पर्यटकीय स्थल, मठ-मन्दिर, सांस्कृतिक स्थल 📅 प्रकाशित: २०८३ साउन १६ 🏛️ स्थानीय तह: उत्तरगया गाउँपालिका
Slider Image

उत्तरगयाधाम परिसरको दृश्य

बेत्रगंगा धामको परिचय

विभिन्न ऐतिहाँसिक तथ्य अनुसार रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावती (उत्तरगयाधाम) मा अवस्थित राममन्दिर पृथ्वीनारयण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् ।

नामाकरण

बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्‍वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ ।

बेत्रावती रसुवा जिल्लाको प्रवेशद्‍वार हो । रसुवा-नुवाकोटको सिमानामा पर्ने यो स्थल धार्मिक, ऐतिहाँसिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको छ । रसुवा र नुवाकोटका अधिकाँश क्षेत्रका मानिस (हिन्दु) हरूको मृत्युपश्चात यही नदीमा देहदहन गर्ने गरिन्छ । यस पुण्यभूमिमा देहदहन, वितेका पुर्खाको नाममा श्रद्धा तथा यस क्षेत्रमा धार्मिक कार्य गर्दा मृत्युपर्यन्त मानिस सिधै कैलाशमा जान्छ भन्ने विश्वास गरिन्छ । जसलाई शिवको धाम वा वेतको लौरोद्वारा निर्मित नदी बेत्रगंगा धाम (Betraganga Dham) पनि भनिन्छ ।

नेपाल तथा भारत र अन्य देशबाट विशेष गरी पौषे औंशीका दिन पुर्खाको नाममा श्रद्धा गर्नेको भीड लाग्ने गरेको छ । अधोगति (असामयिक निधन वा दुर्घटनामा परी मरेका) परेका पुर्खाको नाममा यहाँ पुगेर तर्पण मात्र दिए पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास रही आएको छ ।

संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ । बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । रामनवमी, ठूली एकदशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ ।

ऐतिहाँसिक तथ्य

त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ । सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौता, यहाँको राम, लक्ष्मण, सीता, हनुमान, त्रिवेणीधाम, उत्तरगया, पौषेऔंशी, एकादशी, गाइजात्रा तथा मात्रेसंक्रान्ति पर्वका गोरू जुधाइ जस्ता पर्व, जात्रा र उत्सवको प्रवर्दन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा पुग्नेछ ।

गौरीदेवी र राममन्दिर

बेत्रावतीको धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्व विभिन्न ऐतिहाँसिक तथ्य अनुसार रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावती (उत्तरगयाधाम) मा अवस्थित राममन्दिर पृथ्वीनारयण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् ।

गौरादेवी पृथ्वीनारायण शाहकी कान्छी रानी नरेन्द्रलक्ष्मीको दिक्षामन्त्र सुनाउने गुरूआमा थिईन् । उनको विवाह पं जयमङ्गल पौडेल (नेपालका मुख्तियार पं रंगनाथ पौडेलको हजुरबा) सँग भएको थियो । उनीहरूका चार छोरामध्ये जेठो रघुनाथ रामभक्त थिए, उनैले बेत्रावतीको किनारमा राममन्दिर बनाएर पूजाआजा चलाएका हुन् भनिएको छ । धैबुङ गाउँलाई उनी रामपूर भनेर चिनाउन चाहन्थे ।

बेत्रगंगा उत्पत्तिको कथन

लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि । हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।। मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।

देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको 'हलाहल' नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो । घाँटीमा अड्केको 'हलाहल' नामक कालकूट विषका कारण डाहा भई सो डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई यहाँ आईपुगे र आफूसँग रहेको बेतको लौरोले खोपेर जलाशय उत्पत्ति गरी प्यास मेटाएको भनिएको छ । जुन् कुवाबाट नदी बनिन् जसलाई बेत्रगंगा भनियो । यो स्थानलाई त्रिशूली, रूद्रगंगा (फलाँखु) र बेत्रगंगा (जुन् लोप भईन) ले त्रिवेणीको रूप प्रदान गरेको छ ।

त्रिवेणीधाम वा उत्तरगया धाम बेत्रावतीमा स्नान, जप, ध्यान र श्रद्दादि गर्दा मानिसको जीवन सफल भई मृत्युपर्यन्त कैलाश पद पाउने र दिवंगत पितृहरूको मोक्ष हुने जनविश्वास गरिदै आएको छ । यो स्थान पवित्र घाटको रूपमा पनि स्थापित छ ।

बेत्रगंगा उत्पत्ति सम्बन्धि डा. सत्यराज थपलियाको नीलकण्ठ महिमाबाट यो कविता

लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि ।
हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।।
मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती
गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२

यो देखी अति हर्ष भै ऋषिहरू सद्भक्ति ली चित्तमा ।
आए किन्नर, यक्ष, मानिस सबै वेत्रावती तीर्थमा ।।
न्वाए सज्जनले महेशजलमा आनन्द भै आखिर ।
“गङ्गा वेत्र” भनेर पूजन गरी फर्की गए ती घर ।।४३।।

जल्ले गर्छ सभक्ति स्नान शिवको वेत्रावती घाटमा
यद्वा यज्ञ र दान, ध्यान, जप वा श्राद्धादि गर्ला त्यहाँ ।
पुर्खा क्वै त्यसका अधोगति भए उद्धार होलान् अझ ।।
चढ्दै दिव्य विमानमा शिवपुरी जाला स्वयम् आखिर ।।४४।
पुरा कविताको लागि नीलकण्ठ महिमा हेर्नुहोस्

ऐतिहाँसिक तथ्य

करीव १२०० संख्यामा चिनीयाँ फौज यहाँ मारिएका थिए, युद्दबाट हारेर कतिपय चिनीयाँ फौजले त्रिशूली नदीमा हामफालेर देहवरण गरेका थिए भने ३०० संख्यामा नेपाली फौजले पनि विरगति प्राप्त गरेका थिए ।

सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्नका लागि यहाँ दुई देश बीच सन्धी वा सम्झौता गरिएको थियो । दोस्रो पटक भएको युद्दमा नेपाली फौज र चिनीयाँ फौज बीच यहाँ घमासान लडाई भएको थियो ।

करीव १२०० संख्यामा चिनीयाँ फौज यहाँ मारिएका थिए, युद्दबाट हारेर कतिपय चिनीयाँ फौजले त्रिशूली नदीमा हामफालेर देहवरण गरेका थिए भने ३०० संख्यामा नेपाली फौजले पनि विरगति प्राप्त गरेका थिए ।

त्यतिखेर चिनीयाँ फौजले भनेको एक भनाई यहाँ प्रस्तुत गरिन्छ ।

'उँधो जाउँ त काटलासी, उँभो जाउँ त मार्लासी, माझै गंगा सोलोलो ।'

यो कथन सायद त्यतिखेर नेपालीहरूले नै चिनीयाँ फौजको स्थितिलाई हेरेर सिर्जना गरेका हुन सक्छन् । यो भनाई केही फरक शब्दमा पनि हुनसक्छ । तर जे होस् शब्दार्थ भन्दा पनि यसको भावार्थ के हो भने – नेपाली फौजले चारैतिरबाट घेरेर चिनीयाँ फौजलाई उम्कन नदिएर कब्जामा पारेका हुन् वा चिनीयाँ फौज हार्ने स्थितिमा पुगेको हो भन्ने हुन्छ । यसबाट नेपालीहरूको बहादुरी देखिन्छ । त्यही सन्धिका कारण बेत्रावती दुई देश बीचको सिमाना हुन पुग्यो । तेस्रोपटक भएको युद्दबाट मात्र रसुवागढी सिमाना बन्न पुगेको हो ।

सांस्कृतिक, पर्यटकीय र आर्थिक महत्व

यस क्षेत्रमा हुने विभिन्न पर्व, उत्सव तथा जात्राहरूले धार्मिकसहित सांस्कृतिक महत्व पनि झल्काइरहेको छ । यहाँको भेषभूषा विशेष गरी लाखेनाँचले सांस्कृतिक पक्षलाई समेत् उजागर गर्दछ । जसका माध्यमबाट यहाँ धार्मिक पर्यटन विकास भईरहेको पनि छ ।

सांस्कृतिक तथा पर्यटकीय महत्व : यस क्षेत्रमा हुने विभिन्न पर्व, उत्सव तथा जात्राहरूले धार्मिकसहित सांस्कृतिक महत्व पनि झल्काइरहेको छ । यहाँको भेषभूषा विशेष गरी लाखेनाँचले सांस्कृतिक पक्षलाई समेत् उजागर गर्दछ । जसका माध्यमबाट यहाँ धार्मिक पर्यटन विकास भईरहेको पनि छ ।

धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यो स्थल प्राचीन समयदेखि रसुवा नुवाकोटको प्रमुख व्यापारिक क्षेत्र हो । होटल, लज वा खाना बासको प्रशस्त पूर्वाधार रहेको यस क्षेत्रमा पर्यटकको आवागमन बृद्दि गराउन सके यहाँको जनताको आर्थिक उन्नयनमा भूमिका खेल्दछ र खेलिरहेको पनि छ । यस क्षेत्रमा हुने विभिन्न पर्व, उत्सव तथा जात्राहरूले धार्मिकसहित सांस्कृतिक महत्व पनि झल्काइरहेको छ । यहाँको भेषभूषा विशेष गरी लाखेनाँचले सांस्कृतिक पक्षलाई समेत् उजागर गर्दछ । जसका माध्यमबाट यहाँ धार्मिक पर्यटन विकास भईरहेको पनि छ ।

बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । रामनवमी, ठूली एकदशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ । त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ ।

पवित्र नदीहरूको संगमस्थल

यस क्षेत्रको धार्मिक महत्वलाई वरपर बग्ने पवित्र नदीहरूले थप उच्च बनाएका छन्। बेत्रावती (बेत्रगंगा), रूद्रगंगा र त्रिशूली गंगाको संगमले यस स्थानलाई अत्यन्तै पवित्र तीर्थक्षेत्रका रूपमा स्थापित गरेको छ। हिन्दू धर्मशास्त्रअनुसार पवित्र नदीहरूको संगममा गरिने स्नान, दान, श्राद्ध र तर्पणले पुण्य प्राप्त हुने विश्वास गरिन्छ। त्रिशूली गंगा त गोसाइँकुण्डबाट उत्पत्ति भई बग्ने पवित्र जलधारा भएकाले विशेष महत्व राख्दछ।

तीर्थ श्राद्ध एवं तर्पणको पवित्र क्षेत्र

 यहाँको पवित्र नदीजलमा गरिने तर्पणले पितृको मोक्ष प्राप्त हुने तथा आफ्ना पूर्खाप्रति सम्मान प्रकट गर्ने अवसर प्रदान गर्दछ। यसको पुनर्जीवनले विशेष गरी वर्षभरि गोसाइँकुण्ड, गंगासागर, दुधकुण्डलगायतका तीर्थस्थलमा जाने हजारौं तीर्थयात्रीहरूलाई सेवा–सत्कार प्रदान गर्न सहज हुनेछ, जसले यस क्षेत्रलाई तीर्थाटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्छ।

वरपरका मठमन्दिरहरू

यस स्थानको वरपर विभिन्न धार्मिक मठमन्दिरहरू अवस्थित छन्, जसले यस क्षेत्रको बहुधार्मिक र सांस्कृतिक विविधतालाई दर्शाउँछ :

राम मन्दिर – बेत्रावतीमा गौरादेवीले निर्माण गराएको यस मन्दिरमा नियमित पूजापाठ तथा भजनकीर्तन हुने गर्दछ। यसलाई पुनर्जीवित गर्दा रामायणकालीन सांस्कृतिक पक्षलाई जीवन्त राख्न सहयोग पुग्छ।

सीता मन्दिर – यस क्षेत्रको सीताजीको मन्दिर वैवाहिक कार्य, सन्तान प्राप्ति र सुख–शान्तिको कामना गर्ने भक्तजनहरूको आस्थाको केन्द्र हो। यहाँ विशेष गरी वैवाहिक उमेरका युवतीहरू पूजा गर्न आउँछन्।

हनुमान मन्दिर – युद्ध विजय, बल, पराक्रम र सुरक्षाको प्रतीकका रूपमा स्थापित यस मन्दिरमा विशेषगरी सङ्कट निवारणका लागि पूजाआजा गरिन्छ। पृथ्वीनारायण शाहले खड्गसिद्धि प्राप्त गरेको स्थानसँगै यो मन्दिरको महत्व अझ बढेको छ।

अन्य साना–ठूला शिवालय, देवी मन्दिर एवं मठहरू – यस क्षेत्रमा शिव, पार्वती, सरस्वती, गणेश, काली, दुर्गा लगायत विभिन्न देवीदेवताका मन्दिर तथा साधु–सन्तहरूको आश्रम र मठहरू छन्, जसले यहाँको आध्यात्मिक वातावरणलाई थप पवित्र बनाएको छ।

यी सबै धार्मिक स्थलहरूको संरक्षण र पुनर्जीवन गर्दा यस क्षेत्रलाई ‘लघु बाराणसी’ वा ‘पशुपतिनाथको उत्तरी द्वार’ को रूपमा विकास गर्न सकिन्छ।

🗺️ स्थानको म्याप र मार्गहरू

उत्तरगया धाम वा बेत्रावतीमा पुग्नको लागि निम्न मार्गहरू प्रयोग गर्न सकिनेछ

  • काठमाडौँ → गल्छी → त्रिशूली → बेत्रावती
  • काठमाडौँ → टोखा-छहरे → त्रिशूली → बेत्रावती
  • काठमाडौँ → ककनी → त्रिशूली → बेत्रावती
  • स्याफ्रु → धुन्चे → कालिकास्थान → बेत्रावती

🎬 सम्बन्धित भिडियोहरू

मरूभूमिको यात्री

देश सञ्चार

📚 सन्दर्भ स्रोतहरू

सुवास आगमन - गोसाइँकुण्ड, प्रकृति, संरक्षण र इतिहाँस

🗺️ स्थानको पूर्ण नक्सा

प्रेमप्रसाद पौडेल

प्रेमप्रसाद पौडेल

Our Rasuwa Founder

लेखकका सबै लेखहरू हेर्नुहोस् →

📍 नजिकका गन्तव्यहरू

सबै हेर्नुहोस् →

🏛️ उत्तरगया गाउँपालिका अन्तर्गतका गन्तव्यहरू

सबै हेर्नुहोस् →

🏛️ स्थानीय तहहरू:

🏙️ गाउँ / शहरहरू:

🛣️ टोल / चोकहरू:

🏷️ सबै ट्यागहरू:

⭐ मूल्याङ्कन (Rating) र टिप्पणी (Comments)

यो गन्तव्यलाई रेट गर्नुहोस्:
1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *