Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

बेत्रावतीमा घुँडा टेक्दा

✍️ भैरव रिसाल

✍️ भैरव रिसाल

यस लेखकको बारेमा जानकारी छैन।

📄 1 लेखहरू
सबै लेखहरू
⭐ हाइलाइट

 रसुवासँग सम्बन्ध स्पष्ट गर्नेयो लेख हिमाल खबर मा आइतबार, २१ असार २०७७ मा प्रकाशित सामग्रीमा आधारित छ। रसुवा क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सन्दर्भलाई एकीकृत रूपमा संकलन गरी दीर्घकालीन अभिलेखीकरण (documentation) गर्ने उद्देश्यले यहाँ पुनःप्रकाशन गरिएको हो। पुन: प्रकाशित वा दस्तावेजीकरण नीति सम्बन्धि पुरा जानकारीका लागि यहाँ जानुहोस्

बेत्रावती नदीको किनार, ऐतिहासिक सन्धिस्थल

⛰️ बेत्रावती नदीको किनार, ऐतिहासिक सन्धिस्थल
⛰️ बेत्रावती नदीको किनार, ऐतिहासिक सन्धिस्थल

आदिकालदेखि हिमालय पार गरेर नेपाल–तिब्बत आवतजावत गर्ने २४ वटा भञ्ज्याङ रहेछन् । तीमध्ये कुती र केरुङ कम उँचाइमा भएकाले निकै पहिलादेखि आउजाउ गर्न प्रयोग गरियो । गोर्खाका राजा राम शाह र कान्तिपुरका राजा प्रताप मल्लले सत्रौं शताब्दीमा दुइटा युद्ध लडेछन् । फलस्वरूप कुती र केरुङ २५ वर्षसम्म प्रयोग गरेछन्।

नेपाल–भोट सम्बन्धको पृष्ठभूमि

नेपाल र तिब्बत (भोट) को सम्बन्धबारे खोजी पस्दा लिच्छवि कालमा राजा नरेन्द्रदेवको पालामा सम्बन्ध प्रगाढ रहेछ । पुरानो जमानामा चीन र भारत ओहोरदोहोर गर्ने बाटो नेपाल नै रहेछ । नेपालको वैदेशिक नीति अन्तर्गत नेपाल–भोट सम्बन्ध मजबुत रहेछ।

रणबहादुर शाहको शासनकालमा नेपालले सन् १७८८–८९ ताका तिब्बतमाथि आक्रमण गरेर ल्हासा समेत कब्जा गर्‍यो। त्यहाँबाट लुटेर विभिन्न बहुमूल्य वस्तु ल्यायो। तिब्बतले नेपाललाई वार्षिक रु. ५० हजार दिनुपर्ने खासा सम्झौता भयो।

“नेपाल–चीन सम्बन्धमा पनि सोझो सम्पर्क रहेछ । नेपालका तर्फबाट सौगात लिएर एक जना दूत चीन गएका रहेछन् । त्यसको चार वर्षपछि चीनका सम्राटले पनि राजा नरेन्द्रदेवलाई सौगात पठाएछन् ।”

भोटमा काठमाडौंको व्यापार निरन्तर गर्न कान्तिपुरका नेवार व्यापारीहरूलाई ल्हासामा बत्तीस कोठी खोल्ने इजाजत दिइएछ । यी व्यापारीको स्वार्थ रक्षार्थ दरबारको प्रतिनिधित्व गर्ने एउटा नायक ल्हासामा रहने व्यवस्था पनि रहेछ ।

चीनको ७० हजार फौज र दोस्रो युद्ध

रणबहादुर शाहको शासनकालमा नेपालले सन् १७८८–८९ ताका तिब्बतमाथि आक्रमण गरेर ल्हासा समेत कब्जा गर्‍यो। त्यहाँबाट लुटेर विभिन्न बहुमूल्य वस्तु ल्यायो। तिब्बतले नेपाललाई वार्षिक रु. ५० हजार दिनुपर्ने खासा सम्झौता भयो। तर, त्यो रकम नतिरेपछि नेपालले दुई वर्षपछि फेरि तिब्बतमाथि हमला गर्‍यो । यस पटक भने तिब्बतको मद्दतका लागि चिनियाँ फौज आयो।

सन् १७९१–९२ मा नेपाल–भोटको दोस्रो युद्धमा चार हजार नेपाली फौज सिगात्सेतर्फ पठायो । दामोदर पाण्डे, देवीदत्त थापा र बम शाहको नेतृत्वमा गएको फौजले भोटको कुती जितेर अगाडि बढ्दै टिङ्गरी, शिकारजोङ पनि कब्जा गरेर सिगात्से पुग्यो । सिगात्से कब्जा गरेपछि पहिले गरेको सन्धि उल्लंघन गरेको भनी दामोदर पाण्डेले पचास धार्नी सुनको सिर्तो मागे । भोट पक्षले दिन मानेन । तब नेपाली फौजले टेहसी लेम्पो मठ लुटेर प्रशस्त सुन,चाँदी लगायत सम्पत्ति ल्याए।

⚔️ चिनियाँ हस्तक्षेप : त्यस क्रममा भोटमा नेपालको प्रभुत्व बढ्दै र आफ्नो प्रभाव घट्दै गएकोमा चीनको टाउको दुख्न थालेर त्यो युद्धमा हस्तक्षेप गर्न थाल्यो । तब चीनका बादशाहले भोटको मद्दतका लागि जनरल कु–क्याङको नेतृत्वमा ७० हजार सैनिक पठाए । यति ठूलो फौजसँग सामना गर्न सम्भव नदेखिएपछि नेपाली फौज युद्ध मोर्चाबाट हट्न लाग्यो।

त्यस वेला भोटको मुद्राको टकमरीको काम नेपालमा नै गरिन्थ्यो । नेपालले खोटा टकमरी गरेपछि भोटमा निकै खलबली भएछ । नेपालले खोटा टक मिलाउने सम्बन्धमा भोटको भनाइ मानेन । चीनले मद्दत गरेकाले नेपाली फौज शिथिल हुँदै गयो । अन्ततः सन् १७९२ को युद्धमा नेपालले घुँडा टेक्यो ।

📜 बेत्रावती सन्धिको नालीबेली

चिनियाँ सेना काठमाडौंभन्दा २६ माइल मात्र टाढा बेत्रावती नदी, नुवाकोटसम्मै आइपुगेको थियो । नेपाल आत्तियो । काठमाडौं आक्रमण गर्न सक्ने भएकाले त्रास सिर्जना भयो । अन्ततः जसरी पनि युद्ध समाप्त पारेर सन्धि गर्ने अवस्थामा पुग्यो । चिनियाँ पक्ष पनि भोटबाट निकै टाढा आइपुगेको, रसदपानीको समस्या आदिका कारण सन्धि गर्नेतर्फ लाग्यो।

सन्धिका मुख्य दफाहरू

  • 📌 दफा १ : तिब्बतको मठबाट लुटेको सम्पत्ति फिर्ता
  • 📌 दफा २ : नेपाल–भोट सिमाना चिनियाँ अधिकारीले निर्धारण
  • 📌 दफा ३ : विवाद समाधानका लागि ‘अम्बा’ लाई अनुरोध
  • 📌 दफा ४ : पाँच–पाँच वर्षमा उपहार आदानप्रदान
  • 📌 दफा ५ : तेस्रो देशबाट आक्रमण भए चीनले सघाउने
  • 📌 दफा ६ : सन्धि कार्यान्वयनका लागि संयन्त्र

🤝 नेपाल र भोट/चीन युद्ध अन्त्य गर्न सन्धिका लागि वार्ता भयो । बेत्रावती नदीको किनारमा सन्धि भएको हुँदा बेत्रावती सन्धि भनियो ।

यो सन्धिले नेपाल र भोटबीच करीब ६० वर्षसम्म शान्ति कायम गर्‍यो ।

“सम्झौता अनुसार तिब्बतको मठबाट नेपाली फौजले लुटेर ल्याएको सम्पत्ति फिर्ता गर्नुपर्‍यो । नेपाल र भोटबीच मतभेद भए समाधानका लागि दुवैले ल्हासास्थित चिनियाँ सम्राटका प्रतिनिधि ‘अम्बा’ लाई अनुरोध गर्ने दफा पनि राखियो ।”

चिनियाँ सम्राटले नेपाललाई र नेपालबाट पनि पाँच–पाँच वर्षमा उपहार पठाउने पनि तय भयो । दफामा नेपाल र भोटको सिमाना चिनियाँ अधिकारीले निर्धारण गर्ने, नेपालमा तेस्रो देशबाट आक्रमण भए चीनले नेपाललाई सघाउने पनि उल्लेख छन् ।

🔍 सन्धिको प्रभाव

  • ✦ ✅ नेपाल र भोटबीच करीब ६० वर्ष शान्ति
  • ✦ ✅ ब्रिटिश भारत सरकारले तिब्बतको बजार गुमायो
  • ✦ ✅ नेपाल र भोट सम्बन्ध बिग्रँदा भोटमा भएका नेपाली व्यापारीहरूको संख्या दुई हजारबाट घटेर ५०० सम्ममा झरेको थियो।

📖 सन्दर्भ : ऐतिहासिक अभिलेख, नेपाल–भोट सम्बन्ध विषयक अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लेखहरू

📢

🏔️ आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुहोस्

यहाँ विज्ञापन गरी आफ्नो व्यवसायलाई
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकसम्म पुर्याउनुहोस्

हजारौं पर्यटकले हेर्ने पृष्ठ
सबै गन्तव्य पृष्ठहरूमा प्रदर्शन
आकर्षक डिजाइन र फुल प्रोफेशनल लुक
📞 सम्पर्क गर्नुहोस् : ९८४३५०८४७०

⭐ विशेष छुटको लागि आजै सम्पर्क गर्नुहोस् ⭐