चिनाऔं लाङटाङ

साहित्य 📅 २०८३ असार २९ 👤 प्रेमप्रसाद पौडेल 💬 0
प्रेमप्रसाद पौडेल

प्रेमप्रसाद पौडेल

Our Rasuwa Founder

📄 7 लेखहरू
सबै लेखहरू
⭐ हाइलाइट

खाना दाल, अचार रोटी सँगमा फापर्, सिमी, जौ, करु
चौरीको दुधमा मिलाइ करु नै चाहिन्न चिज् क्वै अरु ।।

🏔️
❄️
⛰️
🌨️
🏔️

🏔️ चिनाऔं लाङटाङ

हीमैकोँ शिखरै रहेछ नजिकै देखेर मन् हर्कने
जाऊ घुम्न तिमी रमाइ खुशिले केलाई हो पर्खने ?
बीहानी रवि कीरणै त परदा चाँदी सरी टल्कने
लाङ्टाङ् गाउँ अती मनोहर पुरी देशको मुहार् झल्कने ।।१

कैंयौं सागर पारिका जनहरु देखेर लालायित
हाम्रो शीखरमा जमेर हिउँ नै बन्यो सबै माझ् हित ।
सारै सुन्दर भै सबै बिचमहा मूटू कलेजै बनी
देख्दैमा सबका महीत नयनै हामी रहेछौ धनी ।।२

गर्छन् स्वागत तिमीलाई सबले जो जाँ बसेका छन
रोयो तन् जसको सु–शान्ति मिलने त्यो ठाउँ घुम्दा कन ।
खाना दाल, अचार रोटी सँगमा फापर्, सिमी, जौ, करु
चौरीको दुधमा मिलाइ करु नै चाहिन्न चिज् क्वै अरु ।।३

विश्वै सामु महाँ परिचित हुँदा नौलै छ हामी सित
ठूलो -उत्सवमै बनाउँ परिचित् होला सबैको जित ।
फल्ला यै सबका नजिक सुन झैं अग्लिन्छ लाङ्टाङ् पनि
सामाजिक् जनभावना फिजियमा हामी हुनेछौं धनी ।।४

✍️ रचना : प्रथम रसुवा महोत्सवको अवसरमा, २०६२ कार्तिक २७ (जोमसोम, मुस्ताङ) मा

🏔️ चिनाऔं लाङटाङ — रसुवाको गौरव, हिमालको पहिचान

🏷️ ट्यागहरू

प्रतिक्रिया दिनुहोस्

लेखहरू

📢

🏔️ आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुहोस्

यहाँ विज्ञापन गरी आफ्नो व्यवसायलाई
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकसम्म पुर्याउनुहोस्

✓ हजारौं पर्यटकले हेर्ने पृष्ठ
✓ सबै गन्तव्य पृष्ठहरूमा प्रदर्शन
✓ आकर्षक डिजाइन र फुल प्रोफेशनल लुक
📞 सम्पर्क गर्नुहोस् : ९८४३५०८४७०

⭐ विशेष छुटको लागि आजै सम्पर्क गर्नुहोस् ⭐