Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

विनाशकारी भोटेकोशी बाढी: रसुवादेखि चितवनसम्म तीव्र क्षति, ५ हजारभन्दा बढी बेपत्ता

विविध समाचार 📅 २०८३ भदौ २६ 👤 Our Rasuwa Admin 💬 0
Our Rasuwa Admin

Our Rasuwa Admin

info@ourrasuwa.com । https://ourrasuwa.com

📄 7 समाचार
सबै समाचार
⭐ हाइलाइट
२०८३ भदौ १० गते (सन् २०२६ अगस्ट २६) बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा व्यापक जनधनको क्षति पुर्‍याएको छ। संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म १,२५० भन्दा बढीको ज्यान गएको छ, हजारौँ बेपत्ता छन् र ८४,००० भन्दा बढी नागरिक प्रभावित भएका छन्। यो विपद्लाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघ र साझेदार निकायहरूले ४ करोड ९६ लाख अमेरिकी डलर (करिब ७ अर्ब ५४ करोड रुपैयाँ) बराबरको आकस्मिक अपिल सार्वजनिक गरेका छन्।

२०८३ भदौ १० गते (सन् २०२६ अगस्ट २६) बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा व्यापक जनधनको क्षति पुर्‍याएको छ। संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म १,२५० भन्दा बढीको ज्यान गएको छ, हजारौँ बेपत्ता छन् र ८४,००० भन्दा बढी नागरिक प्रभावित भएका छन्। यो विपद्लाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघ र साझेदार निकायहरूले ४ करोड ९६ लाख अमेरिकी डलर (करिब ७ अर्ब ५४ करोड रुपैयाँ) बराबरको आकस्मिक अपिल सार्वजनिक गरेका छन्।


१. मानवीय क्षति

मृतक तथा बेपत्ता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को भदौ २५ गतेको विवरणअनुसार हालसम्म १,३७७ जनाको शव फेला परेको छ भने ५,१३० जना अझै बेपत्ता छन्।

जिल्लागत शव संख्या:

  • चितवन: ३६४

  • नवलपरासी (पूर्व): २२८

  • नवलपरासी (पश्चिम): २२२

  • नुवाकोट: १९८

  • रसुवा: १७८

  • गोरखा: ७७

  • धादिङ: ७०

  • तनहुँ: ३८

  • काठमाडौं (उपचारका क्रममा): २

बाढीमा परी ३३३ जना घाइते भएका छन् भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। हालसम्म १३,६५६ जनाको उद्धार गरिएको छ र २१,०६३ सुरक्षाकर्मी परिचालन भएका छन्। हाल ३७ वटा होल्डिङ सेन्टरमा विस्थापितलाई राखिएको छ, जसमध्ये नुवाकोटमा २,६१५, रसुवामा ७७५ र धादिङमा २९५ जना छन्।

विदेशी तथा अन्य जिल्लाका नागरिक

  • विभिन्न ३९ देशका सयौँ विदेशी पर्यटक बेपत्ता रहेका छन्।

  • काभ्रेपलाञ्चोकका ३७ जना नागरिक अझै सम्पर्कविहीन छन्।

  • मकवानपुरका ५८ जना सम्पर्कविहीन छन्, जसमध्ये ४१ कन्टेनर चालक रहेका छन्।

  • दोलखाका ६१ जना सम्पर्कविहीन छन्।

जलविद्युत् आयोजनासँग सम्बन्धित मानवीय क्षति

जलविद्युत् आयोजनासँग सम्बन्धित ८३७ जना सम्पर्कविहीन छन्। माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) मा मात्रै ४७१ जना सम्पर्कविहीन भएका थिए। उद्धार अभियानमा ९३६ जना सकुशल उद्धार गरिएको र ११ जनाको शव फेला परेको जनाइएको छ।


२. भौतिक संरचनाको क्षति

घर तथा आवास

शहरी विकास तथा भवन निर्माण विभागको प्रारम्भिक अनुमानअनुसार चार जिल्लामा साढे सात हजारभन्दा बढी निजी घर क्षतिग्रस्त भएका छन्।

जिल्ला क्षतिग्रस्त निजी घर
नुवाकोट ३,९७७
रसुवा १,७७९
धादिङ १,५५१
गोरखा २६३
कुल ७,५७०

निजी आवास क्षेत्रमा मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट विस्थापित परिवारका लागि ६,००० भन्दा बढी अस्थायी आवास निर्माण गर्नुपर्ने र त्यसका लागि कम्तीमा ९० करोड रुपैयाँ तत्काल आवश्यक पर्ने अनुमान गरिएको छ।

नुवाकोटमा मात्रै १,९५५ परिवारको आवासमा क्षति पुगेको छ। विदुर नगरपालिकामा सबैभन्दा बढी १,६७८ परिवार प्रभावित भएका छन्। धादिङमा ५१७ परिवार विस्थापित भएका छन्।

सरकारी तथा सार्वजनिक भवन

५३ वटा सरकारी भवन क्षतिग्रस्त भएका छन्:

  • रसुवा: २५

  • धादिङ: १७

  • नुवाकोट: ८

  • गोरखा: ३

सहरी विकास तथा भवन निर्माण विभागका अनुसार बाढीले ४५ वटा सरकारी तथा सार्वजनिक भवनमा पनि क्षति पुर्‍याएको छ।

जलविद्युत् आयोजना

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। तीमध्ये ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन रहेको उल्लेख छ। प्रभावित आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको छ।

प्रमुख प्रभावित आयोजनाहरू:

  • माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट, निर्माणाधीन): ४७१ जना सम्पर्कविहीन

  • रसुवागढी (१११ मेगावाट): ९३ जना सम्पर्कविहीन

  • रसुवा–भोटेकोशी (१२० मेगावाट, निर्माणाधीन): ३ जना सम्पर्कविहीन

  • लाङटाङ खोला (२० मेगावाट): ३९ जना सम्पर्कविहीन

  • चिलिमे (२२ मेगावाट): १ जना सम्पर्कविहीन

  • मैलुङ खोला (५ मेगावाट)

पूर्वाधार क्षेत्रमा मात्रै १ खर्ब ९० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

विद्यालय तथा शिक्षा क्षेत्र

बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन्, जसमा ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त र ७ वटामा आंशिक क्षति पुगेको छ। शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

बाढीपश्चात् ९,००० भन्दा धेरै विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ। तत्काल संरचना पुनर्निर्माण तथा पठनपाठन सहज पार्न १० करोड ५० लाख रुपैयाँ र दीर्घकालीन पुनरुत्थानका लागि २ अर्ब २३ करोड ८२ लाख रुपैयाँ लाग्ने अनुमान छ। सरकारले प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ भने निजी विद्यालयहरूले १ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदासम्म अस्थायी सिकाइ केन्द्र, टोल शिक्षा वा आवासीय व्यवस्थामार्फत बालबालिकाको पढाइ जारी राखिने बताएका छन्।

सडक तथा पुल

बाढीले दर्जनौं घर, मोटरेबल पुल, सडक सञ्जाल र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। बेत्रावती–रसुवागढी सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–मालेखु खण्ड अवरुद्ध भएका छन्।

ध्वस्त भएका पुलपुलेसाहरूमा पक्की पुल ६, झोलुङ्गे पुल १०, आर्च पुल १, बेलीट्रस ब्रिज ८ रहेका छन्।


३. पशुधन तथा मत्स्य क्षति

पशु सेवा विभागले प्रभावित जिल्लाबाट संकलन गरेको प्रारम्भिक विवरणअनुसार:

पशु/पन्छी क्षति संख्या
कुखुरा १,१६,५३९
बाख्रा ३,३४०
बंगुर १,५८३
गाई–भैंसी १,६४०
माछा २६,५८९ (६८८ किलो)

बाढीले गोठ, खोर, फार्म तथा नुवाकोटस्थित मत्स्य अनुसन्धान केन्द्रका भवन र सवारीसाधनमा समेत क्षति पुर्याएको छ। रसुवामा मात्रै ३१५ गाई–भैंसी र १,२७० बाख्रा क्षति भएको प्रारम्भिक विवरण छ।


४. पर्यटन क्षेत्रको क्षति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नेपाल पर्यटन बोर्डको द्रुत प्रतिकार्य टोलीले प्रस्तुत गरेको प्रारम्भिक प्रतिवेदनअनुसार भोटेकोशी–त्रिशूली बाढी र पहिरोबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान छ।

क्षेत्र क्षति (रुपैयाँ)
होटेल व्यवसाय १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार
वैदेशिक पर्यटन आम्दानी १४ अर्ब ६० करोड २४ लाख ६४ हजार
मानव बल एवं पर्यटक व्यवस्थापन १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५००
सम्पदा तथा पर्यटन पूर्वाधार १ अर्ब ६६ करोड ४० लाख
सवारीसाधन १ अर्ब ५१ करोड ४० लाख ८० हजार
रेस्टुरेन्ट १ अर्ब ३८ करोड ५० लाख २० हजार
लाङटाङ क्षेत्र (व्यावसायिक कारोबार) १ अर्ब २७ करोड ६४ लाख ४० हजार

बाढीपहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा पर्यटन पूर्वाधार, होटेल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ।


५. नीतिगत तथा संस्थागत पहल

प्रतिनिधिसभाले १५ सदस्यीय ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन गरेको छ। समितिलाई हिमालमा जलवायु परिवर्तनको असर र भोटेकोशी–त्रिशूली विपद् अध्ययन गरी पीडितको पुनःस्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अपनाउनुपर्ने दिशा सिफारिस गर्ने कार्यादेश दिइएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।


६. मुख्य क्षति सारांश

क्षेत्र क्षति विवरण
मानवीय १,३७७ मृतक, ५,१३० बेपत्ता, ३३३ घाइते, १३,६५६ उद्धार
निजी घर ७,५७० क्षतिग्रस्त (नुवाकोट ३,९७७, रसुवा १,७७९, धादिङ १,५५१, गोरखा २६३)
सरकारी भवन ५३ क्षतिग्रस्त
जलविद्युत् ११ आयोजना, ६६९ मेगावाट क्षमता प्रभावित, ८३७ सम्पर्कविहीन
विद्यालय १८ प्रभावित (११ पूर्ण, ७ आंशिक), ९,००० विद्यार्थी प्रभावित
पशुधन १,१६,५३९ कुखुरा, ३,३४० बाख्रा, १,५८३ बंगुर, १,६४० गाई–भैंसी, २६,५८९ माछा
पर्यटन ५२ अर्ब ६७ करोड रुपैयाँ
निजी आवास १२ अर्ब रुपैयाँ
पूर्वाधार १ खर्ब ९० अर्ब रुपैयाँ
कुल प्रभावित ८४,००० भन्दा बढी नागरिक

स्रोत: NDRRMA, संयुक्त राष्ट्रसंघ, शहरी विकास तथा भवन निर्माण विभाग, पशु सेवा विभाग, नेपाल पर्यटन बोर्ड, शिक्षा मन्त्रालय लगायतका आधिकारिक निकायहरू। यो विवरण गतिशील रहेकाले पछिल्ला अद्यावधिकहरू फरक हुन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लेखहरू

📢

🏔️ आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुहोस्

यहाँ विज्ञापन गरी आफ्नो व्यवसायलाई
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकसम्म पुर्याउनुहोस्

✓ हजारौं पर्यटकले हेर्ने पृष्ठ
✓ सबै गन्तव्य पृष्ठहरूमा प्रदर्शन
✓ आकर्षक डिजाइन र फुल प्रोफेशनल लुक
📞 सम्पर्क गर्नुहोस् : ९८४३५०८४७०

⭐ विशेष छुटको लागि आजै सम्पर्क गर्नुहोस् ⭐